४ आश्विन २०८३, आइतबार | September 20, 2026

बाँकेमा पुराना हस्तीहरुसँग नयाँ अनुहारको रोचक भिडन्त



नेपालगन्ज । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशको बाँकेमा पुराना हस्तीहरुसँग नँया उम्मेदवारहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । जिल्लाको ३ वटै निर्पाचन क्षेत्रमा पुराना हस्तीहरुलाई नयाँ उम्मेदवाहरुसँग प्रतिस्पर्धा गर्नु पर्ने भएको हो ।

बाँकेको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ २०७४ मा निर्वाचित बहालवाला युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राप्रपा गठबन्धनका संसदीय राजनीतिका नयाँ अनुहार एमालेका युवा नेता सुर्य धकालसँग प्रतिस्पर्धा गर्दैछन् भने क्षेत्र नम्बर २ मा पूर्व पञ्च राप्रपाका उपाध्यक्ष धवलशम्सेर जवरा र २०७४ का विजयता जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य माहेम्मद इस्तियाक राईले संसदीय राजनीतिका नयाँ उम्मेदवार कांग्रेसका सुदीप नरसिंह राणासँग प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरि क्षेत्र नम्बर ३ मा बर्दिया स्थायी घर भई केही वर्ष पहिला बाँकेको क्षेत्र नम्बर २ नेपालगन्जमा बसोबास गर्दै आएका ‘पाहुना’ उम्मेदवार कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले स्थानीयतहबाट पहिलो पटक संघीय चुनाव लडेका एमाले जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपतिसँग प्रतिस्पर्धा गर्ने छन् ।

उता प्रदेश तर्फ बाँके १ मा दोस्रो पटक प्रदेश (क)मा गठबन्धनका तर्फबाट उम्मेदपार माओवादी केन्द्रकी कृष्ण केसीले पुराना पञ्च राप्रपाका नरेन्द्र पौडेलसँग चुना लड्दै छिन् । बाँके १ (ख)मा पार्टी फेर्दै चुनाव लड्दै आएका गठबनधनबाट कांग्रेस उम्मेदवार फुलाराम थारु प्रदेश राजनीतिका नयाँ अनुहार जसपाका अमर खड्का र एमालेका दुर्गा प्रसाद थारुसँग चुनाव लड्दै छन् । कांग्रेस उम्मेदवार फुलाराम यसअघि फोरम लोकतान्त्रिकबाट पटक–पटक उम्मेदवार बनेका थिए ।

प्रदेश २ (क)मा पार्टी फेर्न सिपालु मानिएका विजयबहादुर यादव एमाले-राप्रपा गठबन्धनबाट उम्मेदवार बनिरहँदा उनसिँग पहिलोपटक स्थानीय चुनावबाट प्रदेशमा जसपाबाट भण्डारीलाल यादव लड्नेछन् । यसअघि पनि यादव स्थानीय तहको निर्वाचनमा डुडुवा गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका थिए ।

प्रदेश (ख)मा कांग्रेसले २०७४ सालमा विजयी उम्मेदवार नेपालगन्जका रैथाने सुरेन्द्र हमाललाई दोहो¥याएको छ । उनी प्रदेश सरकारका बहालवाला बन तथा वातावरण मन्त्री हुन् । उनीसंग राप्रपाको समर्थनमा एमालेका नेयाँ अनुहार निरक गुरुङ, माओवादीबाट चुनावको मुखैमा जसपा पसेका नयाँ अनुहार आदेश अग्रवाल, र कालिकोट, बर्दिया हुँदै राजनीतिमात्र गर्न नेपालगन्ज बस्दै गरेका माओवादी केन्द्रका अकलबहादुर बमले पहिलो पटक चुनाव लड्दै छन् ।

बाँके ३ प्रदेश (क) मा गठबन्धनबाट माओवादी केन्द्रले २०७४ सालमा विजयी आईपी खरेललाई पुनः उम्मेदवार बनाएपनि उनलाई टिकट दिएपछि असन्तुष्ट रहेका माओवादीका एक समुहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएर माओवादीमा प्रवेश गरेका भूतपुर्व राज्यमन्त्री दलबहादुर सुनारलाई बोकेर हिँडेका छन् । सो क्षेत्रमा यस अघि संबिधानसभा सदस्य र सांसद भइसकेका सुनार र निवर्तमान प्रदेशसभा सदस्य खरेलसँग राप्रपाका सहायताले नयाँ पहिलोपटक उम्मेदवार बनेका एमालेका रत्न खत्रीले प्रतिस्पर्धा गर्ने छन् ।

बाँके ३ प्रदेश (ख)मा २०६४ र २०७० सालमा संविधान सभा सदस्य तथा २०७४ मा पार्टीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका गठबन्धनबाट कांग्रेस उम्मेदवार बादशाह कुर्मीले पुरना कांग्रेस हाल नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चन्तराम थारू र पहिलो पटक प्रदेश राजनीतिमा आएका एमालेका भीम ओलीसँग प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ९ : ३० बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल