४ पुस २०८२, शुक्रबार | December 20, 2025

अर्घाखांचीमा संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना



अर्घाखाँची । अर्घाखाँचीमा कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ । चन्द्र प्रभा माबि क्वारेन्टाइनबाट सोमबार पुष्टि भएका ५ जना कोरोना सक्रमितका बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको अर्घाखांची प्रहरीले जनाएको छ ।

संक्रमित लिएर सन्धिखर्क जांदै गरेको एम्बुलेन्स दुर्घटना हुदा ७ जना घाइते भएका बताईएको छ । लु १ च ३५३५ नम्बरको एम्बुलेन्स डिहिडाँडाको ओरालो सडकबाट करिव १५ मिटर तल घरमा गएर ठोक्किएको अर्घाखांचीबाट पत्रकार घनश्याम पौडेलले जानकारी दिएकाछन् ।

अहिले घटना स्थल तर्फ जिल्ला प्रहरीको टोली , शसस्त्र प्रहरीको टोली र स्थानिय बासिन्दाले उद्दार गरिरहेको बताईएको छ । ५ जना कोरोना सक्रमित मध्ये एक जना महिलाको ढाडमा चोट लागेको बताईएको छ । सडक अत्यन्तै चिप्लो भएका कारण एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ८ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको