नेपालगन्ज। जनता समाजवादी पार्टी बाँकेले क्षेत्र नं २ मा आफ्नो चुनावी प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रम सुरु गरेको छ। प्रचार प्रसारका लागि आन्तरिक समिति निर्माण तथा सम्पर्क कार्यालय खोल्ने अभियान सकेको जसपाले बुधबार बिहानदेखि नेपालगन्जका भित्री टोलहरूबाट घरदैलो कार्यक्रम सुरु गरेको हो।
जसपाका नेता तथा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राई आफ्नो चुनावी प्रचार अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूसँग घरदैलो हिँडेका थिए । त्यसक्रममा उम्मेदवार राईले घरघरमा मतदाताहरूलाई भेटेर आफूले गरेको कामको मूल्याङ्कनका आधारमा भोट दिन आग्रह गरेका थिए।
घरदैलो कार्यक्रममा प्रदेशसभा ‘ख’का उम्मेदवार आदेशकुमार अग्रवाल, समानुपातिकतर्फका उम्मेदवारलगायत जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए।



















प्रतिक्रिया