५ श्रावण २०८३, मंगलबार | July 21, 2026

गण्डकीमा कोरोना संक्रमणको रफ्तार बढ्दै, २४ घण्टामा २४ जना थपिए



पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माले विज्ञप्ति जारी गर्दै नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाउनुभएको छ ।

यसँगै प्रदेशमा गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १४४ पुगेको छ ।

संक्रमित हुनेहरुमा पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा १८ देखि ४० वर्ष उमेरका १२ जना पुरुष, बागलुङ बरेङ गाउँपालिकाका १८ देखि ४९ वर्ष उमेरका ८ जना र निसीखोला गाउँपालिकामा २१,२६ र २७ वर्षका ३ जना पुरुष रहेका छन् ।

यस्तै, म्यादीको बेनी नगरपालिकाका एक जना ४६ वर्षीय पुरुषमा पनि कोरोना देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ८ : ०२ बजे

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र