५ पुस २०८२, शनिबार | December 20, 2025

पूर्वप्रधानमन्त्रीहरू लर्को लागेर संसदमा जान छाड्नु पर्छ : बाबुराम भट्टराई



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरूले संसदमा जाने इच्छालाई बिट मार्नु पर्ने बताएका छन् । शुक्रबार छोरी मानुषी यमीलाई भोट माग्न पुगेका भट्टराईले सत्ता गठबन्धनका शीर्ष नेतालाई जानकारी गराएर नै आफू संसद्भन्दा बाहिर बसेको पनि बताए ।

भट्टराईले बहुदलीय ब्यवस्थाको उदयपछि नेपाली कांग्रेसका नेता गणेशमान सिंहलाई दिइएको ‘अफर’ अस्वीकार गरेको जनाउँदै त्यागले मात्रै नेताहरू महान हुने बताए । शान्ति प्रक्रियामा आएपछि पहिलोपटक संघीय संसदमा निर्वाचन नलडेका पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले काठमाडौं-७ बाट निर्वाचन लडिरहेकी छोरीलाई भोट माग्दै पूर्वप्रधानमन्त्रीहरूले पनि संसदमा जान छाडेर युवा पुस्तालाई नेतृत्व हस्तान्तण गर्नु पर्ने धारणा राखे ।

‘पदमा बसेर मात्रै मान्छे महान हुँदैन भन्ने गणेशमानजीको त्यागले देखाइसकेको छ, अब हाम्रो पुस्ता लोभलालचले बस्नु हुँदैन,’ भट्टराईले भने, ‘हामी चार-पाँचजना पूर्वप्रधानमन्त्री भइसकेको मान्छे संसदमा लर्को लागेर जान हुन्न, स्थिर सरकार दिएर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।’

भट्टराईले सत्ता गठबन्धनका प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जानकारी दिएर आफूले संसदीय निर्वाचन नलड्ने निर्णय लिएकोसमेत बताए । ‘मैले शेरबहादुरजी, प्रचण्डजी, माधवकुमार नेपालजीसँग छलफल गरेर नै यो यो (संसद्भन्दा बाहिर बस्ने) निर्णय गरेको हुँ,’ भट्टराईले भने । सत्तागठबन्धन आवद्ध दलले काठमाडौं(७ मा आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डको पनि उपस्थिति थियो ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १२ : २९ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य