२३ बैशाख २०८३, बुधबार | May 7, 2026

गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन प्रचण्डको आग्रह



पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गरेकाछन् ।

सत्ता गठबन्धनले पोखरामा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन दलका नेता कार्यकर्ताहरुले आफ्नो पार्टीको उम्मेदवारलाई मात्र भोट नहाली गठबन्धनकाका सबै उम्मेदवारलाई हाल्नुपर्ने बताए । उनले आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने अडान लिन नहुने जिकिर गरे ।

‘हामी सबै आज यहाँ आएको एक छौं भन्ने सन्देश दिन आएका हौं’, प्रचण्डले भने, ‘तपाईंहरू अघि बढ्नुस्, प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारलाई जिताउन लाग्नुस् ।’ प्रचण्डले शीर्ष नेताहरु गठबन्धन एक भएको सन्देश दिन देशव्यापी दौडाहामा निस्किएको जिकिर समेत गरे ।

संविधान लोकतन्त्र र परिवर्तन रक्षाका लागि बनेको गठबन्धन बचाउन आवश्यक रहेको बताउँदै प्रचण्डले जिम्मेवारीबोध गरेर हँसिया हतौथा, रुख, कलममध्ये जसको उम्मेदवार भएपनि मत हाल्न अपील गरे ।

अध्यक्ष प्रचण्डले ठूलो संघर्षपछि ल्याएको परिवर्तन उल्ट्याउन र राष्ट्रिय एकता खण्डित गर्न एमालेले पश्चगामीहरुसँग गठबन्धन बनाएको आरोप समेत लगाए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १ : ५९ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा