५ पुस २०८२, शनिबार | December 20, 2025

नेता कार्यकर्तालाई प्रचण्डको आश्वासन – हाम्रो सरकार बनेपछि अवसर नै अवसर मिल्नेछ



विराटनगर । नेकपा माओवादी केन्द्रका अध्ययक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकट नपाएर असन्तुष्ट बनेका नेता कार्यकर्तालाई चुनावपछि उचित स्थान दिइने आश्वासन दिएका छन् ।

सत्ता गठबन्धनद्वारा विराटनगरमा शनिबार आयोथिजत संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनावपछि गठबन्धनको सरकार बनेमा हाल टिकट नपाएर असन्तुष्ट रहेका नेता कार्यकर्ताको अनुहार नै उज्यालो हुने दाबी गरेका छन्।

प्रचण्डले बहुमतको सरकार आएपछि हुने राजनीतिक नियुक्ति र राजदूत जस्ता पदमा अहिले टिकट नपाएर अनुहार महिन बनाएकालाई अवसर दिइने आश्वासन दिए । उनले भने, ‘अहिले टिकट नपाएर मलिन भएका साथीहरू हाम्रो बहुमत आए राजनीतिक नियुक्ति तथा राजदूतमा अवसरै अवसर हुनेछ। आएन भने यो सब जान्छ। यो कुरा बुझेर लाग्नुहोला,’

अध्यक्ष प्रचण्डले गठबन्धनको बहुमत ल्याउनका लागि अहिलेदेखि नै गाउँगाउँ गएर जनतालाई कन्भिन्स गर्नुपर्ने बताए । यहाँ हलभित्र रहनुभएका सबै नेताहरु, मैले सुरुदेखि तपाईंहरुलाई नेता भनेको छु, गाउँ गाउँमा पुगेर तपाईंहरुले जनतालाई सचेत गर्नुपर्नेछ।’

प्रचण्डले ४ मंसिरको चुनाव सामान्य चुनाव नभएको पुनः दोहोर्याउँदै यसलाई आन्दोलनको अभियानको रुपमा लिनुपर्ने बताए । सानातिना कमीकमजोरीलाई थाती राखेर संविधान, लोकतन्त्र र जनताका एकढिक्का बनिदिन उनले नेता कार्यकर्तालाई आग्रह गरे ।

प्रचण्डले गठबन्धनका सबै उम्मेदवारलाई सबै पार्टीका नेता कार्यकर्ताले मतदान गर्नुपर्ने बताए । शान्ति प्रक्रियामा आएकै दिन आफुले रूखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हतौडामा भोट हालेको जिकिर गर्दै उनले कुनै अप्ठ्यारो नमानि एकले अर्कालाई सहयोग गर्नुपर्ने धारणा राखे ।

प्रचण्डले लोकतन्त्र र परिवर्तनका विरोधीहरुलाई परास्त गर्न गठबन्धन बनेका कारण गम्भीर बन्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १ : ३६ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य