१२ बैशाख २०८३, शनिबार | April 25, 2026

सेयर बजार १४.३५ अंकले बढ्यो, सोमबारदेखि एक साताका लागि कारोबार बन्द



काठमाडौं । नेप्से परिसूचक आइतबार उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से परिसूचक १४.३५ अंकले बढेर १८५८.४९ विन्दुमा पुगेको छ । क वर्गको सेन्सेटिभ इन्डेक्समा पनि वृद्धि भएको छ ।

सेन्सेटिभ इन्डेक्सको २.८८ अंकले बढेर ३६५.९३ विन्दुमा पुगेको हो । साथै १३५ कम्पनीको मूल्य बढ्दा ३९ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनी स्थिर छ ।

कूल २२१ वटा कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता सेयर किनबेच हुँदा ५१ करोड ६८ लाख ३ हजार ४८४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार भएको १३ उपसमूहमध्ये होटल तथा पर्यटन १९.९४ र म्युचुअल फण्ड ०.०४ ले घट्दा बाँकी सबै उपसमूह उकालो लागेको छ।

सबैभन्दा धेरै नन लाइफ इन्स्योरेन्स ९०.०९ अकंले बढेको छ । एभरेष्ट बैंक लिमिटेडको ५ करोड १६ लाख ३२ हजार रूपैयाँ बराबरको कारोबार भएको छ भने नेपाल बैंक लि. को ३ करोड ३८ लाख ८० हजार रूपैयाँले कारोबार भएको नेप्से परिसूचकले जनाएको छ ।

‍‍‍‍‍‍तिहारअघि सेयर कारोबार गर्ने आइतबार अन्तिम दिन हो । सोमबारदेखि तिहारको बिदा सुरु हुँदैछ । तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से एक साताका लागि बन्द रहनेछ । अब नेप्से १४ कात्तिकमा खुल्नेछ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : २५ बजे

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा

सुकुमवासी क्षेत्रबाट उद्धार गरिएकाहरुलाई होटल व्यवसायी महासंघले अस्थायी आश्रय दिने

काठमाडौं । सरकारले थापाथली, मनोहरा लगायतका स्थानबाट सुकुमवासीहरुलाई हटाउन थालेसँगै

काठमाडौं उपत्यकामा अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र, सुकुम्बासी व्यवस्थापन प्रक्रिया सुरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक