४ जेष्ठ २०८३, सोमबार | May 19, 2026

आफ्ना उम्मेदवार जिताउन मधेसमा अखिल (क्रान्तिकारी)का १४ जना विद्यार्थी कमाण्डर



महोत्तरी । गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अनेरास्ववियु क्रान्तिकारीले मधेस प्रदेशमा १४ जना विद्यार्थी कमाण्डर परिचालन गरेको छ ।

माओवादी निकट विद्यार्थी संगठनको केन्द्रीय समितिको बैठकले प्रदेशका ८ वटै जिल्लामा विद्यार्थी कमान्डरलाई परिचालन गरेको हो ।

महोत्तरीमा नीरज ढुंगाना, धनुषामा अजय झा, सिरहामा भोलाप्रसाद यादव, सप्तरीमा लड्डु यादव, सर्लाहीमा सञ्जीव चौधरी, शिवराज धमला र विवेक मैनाली, बारामा दिनेश यादव, पर्सामा महम्मद जुवेर आलम, ईशक कुमार पासमान, एहसान अनसारी र हिमालजङग कुवर, रौतहटमा राकेश पटेल र चेत बोत्खेलाई तोकिएको अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय कार्यालयले जनाएको छ ।

नव गठित विद्यार्थी परिचालन टिमले जिल्लास्थित माओवादी केन्द्र नेतृत्व, गठबन्धनको परिचालन समिति र उम्मेदवारसँग समन्वय गरी आफ्ना टिम परिचालन गर्ने पनि जानकारी दिएको छ ।

अग्रगमन र प्रतिगमनको माहासंग्राममा विद्यार्थीहरूले अग्रगमन पक्षधरलाई जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने केन्द्रीय संयोजक पवन कार्कीले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ५८ बजे

नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा

काठमाडौँ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी

नारायणगढ । दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो

निर्माण व्यवसायीले दिए मुलकभरका विकास निर्माणको काम ठप्प पार्ने चेतावनी

नेपालगन्ज। बिगत २ सातादेखि आन्दोलनमा उत्रिएका बाँकेका निर्माण व्यवसायीहरुले आफ्नो

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको विरोध, जेठ ५ गते दिउँसै लालटिन बालिने

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा