२ मंसिर २०८३, बुधबार | November 18, 2026

उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत



काठमाडौं । नेकपा (एमाले)को जारी राष्ट्रिय भेलामा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले नेतृत्वको सरकारका पालामा भएका काम तथा उपलब्धिको फेहरिस्त प्रस्तुत गरेका छन ।

भेलाको बन्दसत्रमा उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री पौडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यबमोजिम तत्कालीन एमाले नेतृत्वमा सरकार रहँदा अघि बढाइएका विकास निर्माण, पूर्वाधार विकास, आर्थिक सुधार, सामाजिक सुरक्षा तथा जनजीविकासँग सम्बन्धित काम र उपलब्धिबारे विस्तृत विवरण प्रस्तुत गरेका हुन ।

उनले सरकारको नेतृत्व गर्दा लिइएका नीतिगत निर्णय, कार्यान्वयन गरिएका कार्यक्रम तथा विभिन्न क्षेत्रमा हासिल भएका उपलब्धिलाई पार्टीका नेता तथा कार्यकर्तामाझ राखेका थिए । सरकारमा रहँदा पार्टीले अघि सारेका प्राथमिकता र तिनको कार्यान्वयनको अवस्थाबारे पनि उनले जानकारी गराएका थिए ।

तीन हजार ४१४ अगुवा नेता कार्यकर्ता सहभागी भेलामा पार्टीको वर्तमान अवस्था, सङ्गठनात्मक सुदृढीकरण, स्थानीय निर्वाचनको तयारी, आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको भेलाको बन्दसत्र बाँकी कामका लागि बिहीबार बिहान ८ः०० बजे पुनः सुरु हुने एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ७ : २९ बजे

Your email address will not be published.

उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

काठमाडौं । नेकपा (एमाले)को जारी राष्ट्रिय भेलामा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद

कामिल मिशाराको कीर्तिमानी शतकमा चितवनले काठमाडौंलाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत इलिमिनेटर

एनपीएल इलिमिनेटरमा चितवनले टस जित्यो, काठमाडौंलाई पहिले बलिङको निम्तो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बुधबार

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

काभ्रेपलाञ्चोक । १५५ थान मोबाइल र ४९ कम्प्युटर (ल्यापटप)को जिल्ला

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारी निर्णय बदर