३२ असार २०८३, बिहिबार | July 17, 2026

बालबालिकाको भाइटीका बालगृहमै


१० कार्तिक २०७९, बिहिबार  

182
Shares

तनहुँ । तनहुँको व्यास नगरपालिका-१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् । तिहारको पाँचौँ दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन् ।

बालगृहमा रहेका आठ जना बालबालिकाले टीका लगाएर भाइटीका मनाएका छन् । बालगृहमा दुई जना बालिका र छ जना बालक छन् । आफन्त गुमाएका बालबालिकाको संरक्षणका लागि चार वर्षदेखि बालगृह सञ्चालन हुँदै आएको छ ।

बालगृहमा रहेका बालबालिकाले हर्षोल्लासका साथ भाइटीका लगाएको बालगृहका अध्यक्ष सागर घिमिरेले जानकारी दिए । “दुई जना बालिकाले छ जनालाई बालकलाई भाइटीका लगाइदिएका छन्, तिहार मनाउन पाउँदा बालबालिका खुशी छन्”, उनले भने, “बालगृहमा रहेका बालबालिकाले प्रत्येक वर्ष यही भाइटीका मनाउँदै आएका छन् ।”

बालगृहमा भिमादका चार जना, ऋषिङका दुई जना, व्यासका एक जना र बाराका एक जनाले आश्रय लिइरहेका छन् । त्यसमध्ये पाँच जनाको बुबाआमा छैनन् । यस वर्षको दसैँ भने उनीहरुले आफन्तसँग मनाएका थिए । “दसैँका बेला बालबालिकालाई आफन्तको घरमा लगेका थियौ, दसैँ उनीहरुले त्यहीँ मनाएँ”, घिमिरेले भने । विभिन्न सङ्घसंस्था, व्यक्तिको जन्मदिनलगायतमा गरिने सहयोगबाट बालगृह सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ४ : ०८ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना