१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

पाकिस्तानका सेना प्रमुख बाजवा अफगानिस्तान भ्रमणमा



अफगानिस्तानको शान्ति प्रक्रिया संकटमा पर्दैगरेको समयमा पाकिस्तानका सेना प्रमुख कोमार जाभेद बाजवाले छिमेकी अफगानिस्तानको अर्थपूर्ण भ्रमण गरेका छन् ।

अफगानिस्तान भ्रमणमा रहेका पाकिस्तानका सेना प्रमुखले मंगलबार अफगानिस्तानका राष्ट्रपति असरफ घानी र राष्ट्रिय पुनर्निर्माणका लागि उच्च आयोग अध्यक्ष अब्दुल्ला अब्दुलासँग भेट गरेका छन् ।

भेटमा पाकिस्तान र अफगानिस्तानको सम्बन्ध थप सुदृढ गराउनेबारे छलफल भएको छ । यसैगरी, छिमेकी देशहरूमा बढ्दै गरेको भारतीय हस्तक्षेपबारे छलफल भएको पाकिस्तानी संचारमाध्यमले जनाएका छन् ।

अमेरिका र तालिवानबीच भएको शान्ति सम्झौता भंग हुन नदिन बाजवाले अफगानिस्तानका नेताहरूलाई आग्रह गरेका छन् । बाजवाको साथमा आईएसआई प्रमुख लेफ्टिनेन्ट जनरल फैयज अहमद र अफगानिस्तानकालागि पाकिस्तानका विशेष प्रतिनिधि मोहम्मेमद सिद्दिकी छन् । आफ्ना मुख्य सहयोगीसँग सेनाप्रमुखको अफगानिस्तान भ्रमण अर्थपूर्ण रहेको छ ।

केहि महिना अघि कतारमा भएको शान्ति सम्झौता गराउन पाकिस्तानले भूमिका खेलेको थियो ।

तर, भारतले अफगानिस्तानको शान्तिसम्झौता भंग गराएर यस क्षेत्रमै अस्थिरता बनाइरहन चाहेको पाकिस्तानको आरोप छ ।

कावुलसँग भने पाकिस्तानको राम्रो सम्बन्ध रहेको छैन । तालिवानलाई सहयोग गरेको कावुलले आरोप लगाउँदै आएको छ ।
– एजेन्सी

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  १० : १२ बजे

रास्वपाले घण्टी बजाउँदै चुनाव प्रचार गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दल

कीर्तिपुरका पूर्वमेयर र वडाअध्यक्ष एमाले परित्याग गरी नेकपामा प्रवेश

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपूर नगरपालिकाका पूर्वमेयर

कुलमान घिसिङको दाबी : जनताले अवसर दिए एक वर्षमै देखिने परिवर्तन गर्छौँ

बुटवल । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले

कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका

विश्वदीपसंग तिलोत्तमावासीले भने- छाडा चौपाया व्यवस्थापनमा पहल होस्

बुटवल । तिलोत्तमा नगरपालिकावासी मतदाताले रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार