१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

नवलपरासी बस दुर्घटना अपडेट : मृतक पाँचै जनाको सनाखत



काठमाडौं । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकाको मथारमा भएको बस दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ ।

पाल्पाबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आइतबार बिहान ३ बजेतिर पूर्वी नवलपरासीको बुलिङटार-२ मथारमा दुर्घटनामा परेको थियो ।

मृत्यु हुनेमा पाल्पाको रम्भादेवी गाउँपालिका-१ की ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीय देवी गाहा र स्याङ्जाको गल्यान गाउँपालिका-९ बेलचौरकी ४५ वर्षीय जुलमाया माझी रहेका छन् ।

उक्त दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । २९ जना यात्रु लिएर गएको बस सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

रामपुर-काटमाडौं चल्ने उक्त बस मथारमा आइपुग्दा अनियन्त्रित भइ सडकबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २४ जनालाई उद्धार गरी अस्पतालतर्फ पठाइएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : २५ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा