५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

बुढानिलकण्ठ क्षेत्रमा प्रदीप पौडेलको घरदैलो अभियान (फोटो फिचर)



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार दिएका कांग्रेस युवा नेता प्रदीप पौडेलले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेलले शुक्रबार बूढानिलकण्ठ मन्दिरको पनि दर्शन गर्दै बुढानिलकण्ठ क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् ।

सोे अवसरमा नेता पौडेलले ऐतिहासिक र धार्मिक महत्वको बूढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि आफूले पहल गर्ने बताए । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रतिस्पर्धामा रहेका पौडेलले घरदैलो कार्यक्रमका क्रममा जनतालाई संसदमा आफूले जनताको आवाज निर्भीक भएर राख्ने प्रतिबद्धता व्यक्त गरे ।

निर्वाचन क्षेत्र काठमाडौं ५ को समग्र विकासको आफ्नो खाकाबारे बताउँदै उनले सो क्षेत्रले समग्र देशको प्रतिनिधित्व गर्ने बताए । २०७४ सालमा तनहुँमा माओवादी केन्द्रकी आशा कोइरालासँग प्रदेशसभा सदस्यमा जम्मा ५ मतले पराजित प्रदीप युवा नेताको परिचय बनाउँदै फेरि ५ वर्षपछि काठमाडौं-५ बाट एमालेका पोखरेलसँग चुनावी भिडन्तमा छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ५ : ०३ बजे

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२÷८३

एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज । प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

गण्डकी । जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट

कर्मचारी आचरण र सेवा प्रवाह व्यवस्थित गर्न श्रम मन्त्रालयद्वारा नयाँ आचारसंहिता लागू

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत

अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कारबाही गरिने

जुम्ला । जिल्ला प्रशासन कार्यालयले नदीमा अवैध रुपमा गिट्टी, बालुवा