१ माघ २०८२, बिहिबार | January 15, 2026

जनकपुरमा बोलेरो दुर्घटना : नवजात शिशुसहित आमाको मृत्यु, ६ जना घाइते



जनकपुरधाम । बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा धनुषामा एक महिला र एकदिने नवजात शिशुको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर-७ स्थित सेन्ट्रल हस्पिटलबाट रेफर गरिएकी २४ वर्षीया सुत्केरी राधा देवी सवार बोलेरो दुर्घटना हुँदा उनीसहित एकदिने नवजात शिशुको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

सेन्ट्रल हस्पिटलबाट सुत्केरी बिरामीलाई बाहिर लगिरहेको ना ३ च ३५७५ नम्बरको बोलेरो लक्ष्मीनिया बजार र निकालको बीचमा रहेको सर्फ फ्याक्ट्री अगाडि डिभाईडरमा ठोक्किएर दुर्घटना भएको धनुषा प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीका प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार लक्ष्मीनिया ५० वर्षीया चन्द्र्कालादेवी महतो, १५ वर्षीय सुदिप सिंह, कमलीदेवी महतो, सन्जुदेवी महतो र फुलोदेवी महतो घाइते भएका छन् ।

घाइते मध्ये सिकिस्त दुई जनालाई बाहिर रेफर गरिएको छ । अन्यको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमा भइरहेको छ ।

 

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ७ : ५० बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज । बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको

रुपन्देहीमा माघ ३ गते तन्त्र एवं ज्योतिष प्रशिक्षणात्मक गोष्ठी हुँदै

बुटवल । तन्त्र र ज्योतिषसम्बन्धी सम्पूर्ण ज्ञान तथा वैज्ञानिक, शास्त्रीय

मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी । म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति

माघे सङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति