१५ असार २०८३, सोमबार | June 29, 2026

खुर्सानीले रंगिएको रंग गाउँ



सुर्खेत । टाढाबाट झट्ट हेर्दा रातो रंगका जस्तापाताका छतहरूले रंगिएको जस्तो देखिने यो गाउँ डोल्पाको रंग हो । रंगिएका घरका छत जस्तो देखिने यी घरका छत जस्तापाताले नभई पाकेका खुर्सानीले रंगिएका हुन ।

त्रिपुरासुन्दरी नगरपालिका–४ मा पर्ने रंगगाँउ जिल्लाको सबै भन्दा बढी खुर्सानी उत्पादन हुने गाउँमा पर्छ । यत्तिखेर रंग गाउँका २४२ घरधुरीका छत खुर्सानीले रंगिएका छन् ।घरका छतलाई सोलार ड्रायलको रूपमा प्रयोग गर्दै खुर्सानी सुकाएपछि गाउँ नै रातो जस्तापाताले रंगिएको जस्तो देखिने गरेको हो ।

रंगगाउँका केशर बुढाले रंग गाउँमा कति मात्रामा खुर्सानीको उत्पादन हुन्छ भन्ने एकिन तथ्याङ्कन नभए पनि प्रति घरधुरीले सरदर वार्षिक १५ देखि ३० क्वीन्टलसम्म खुर्सानी उत्पादन गर्ने गरेको बताए ।

रंगगाउँमा उत्पादन भएको खुर्सानी विशेष गरी उपल्लो डोल्पाका शे–फोक्सुडो,डोल्पोबुद्द छार्काताङसोङ्ग र काइके गाउँपालिका गरी ४ गाउँपालिकाका बासिन्दाले खरिद गर्ने गर्छन् ।

सामान्य खुर्सानीको खेती गर्ने घरधुरीले वार्षिक १ लाख सम्म कमाउने गरेको केशर बुढाले जानकारी दिए । धेरै खेती गर्नेले खुर्सानीबाटै वार्षिक दुई लाखसम्म कमाउने गरेको बताए । कतिपयको जीविकोपार्जन खुर्सानीकै आम्दानीबाट चल्ने गरेको उनको भनाई छ। प्रति क्न्टिल सात हजार ४०० सम्मा पर्ने वडा सदस्य हरिवान बुढाले बताए ।

अर्का खड्कलाल बुढाले नयाँ प्रविधिको खुर्सानी सुकाउने उपकरण नभएकाले पुरानै शैलीमा घरको छतमा खुर्सानी सुकाउँदा कहिले वर्षात हुँदा कुहिने त कहिले सितले कुहिने गर्दा गुणस्तरमा ह्रास आउने गरेको बताए ।

त्रिपुरासुन्दरी नगरपालिका रंग गाउँमा सबैभन्दा बढी खुर्सानी उत्पादन हुने गरे पनि कृषि विकास कार्यालयसँग कुनै तथ्याङ्क छैन ।

यसो त जिल्लामा अहिले सम्म खुर्सानीको माग पूर्ति रंग गाउँले नै गर्दै आइरहेकाले जिल्ला बाहिरको खुर्सानी आयत गर्नु नपरेको त्रिपुरासुन्दरी नगरपालिका(४ का वडा सदस्य हरिवान बुढाले बताए । रंग गाउँ खुर्सानीको मात्र नभई स्याउ र बहुमूल्य जडिबुटी केशर खेतीको लागि पनि उर्भर भूमि मानिन्छ ।

खुर्सानी खेतीलाई आर्थिकोपार्जनको प्रमुख आधार बनाई रंगेली किसानको जीवनस्तर माथि उठाउन स्थानीय सरकारले आधुनिक प्रविधिमैत्री उपकरणको व्यवस्था गर्नु जरुरी छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १० : ०१ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै