२ मंसिर २०८३, बुधबार | November 18, 2026

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण



सुर्खेत । विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकाभित्र स्थानीयवासीलाई सोलार ९सौर्य ऊर्जा० वितरण सुरु गरिएको छ ।

खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, डोल्पामा प्रमुख प्रकाश गिरीका अनुसार ७०५ घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ । छार्काताङसोङ गाउँपालिकाको छ वटा वडाहरुमा रु ६६ लाख आर्थिक सहयोगमा ३५० घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ ।

त्यस्तै काइके गाउँपालिकाको दलित बस्ती रहेको वनढाडामा रु २० लाखको ७५ घरधुरीलाई सोलार वितरणको काम समेत भइरहेको प्रमुख गिरीले बताए। डोल्पोबुद्ध गाउँपालिका–६ मा रु २५ लाख लागततमा ८० घरधुरीलाई सोलार वितरणको कार्य सुरु गरिएको छ । उपल्लो डोल्पाकै शे फोक्सुण्डो गाउँपालिका–१ मा रु २० लाखमा ४५ घरधुरीलाई सोलार वितरणको काम भएको उनले जानकारी दिए ।

ठूलीभेरी नगरपालिका–११ स्थित गाउँमा स्थानीयवासी र कार्यालयको साझेदारीमा रु ३० लाखमा १५५ घरधुरीलाई सोलार वितरणको काम अन्तिम चरणमा पुगेको छ । विद्युत्को पहुँच नपुगेका कर्णालीका जिल्लाहरुमा विद्युत्को पहुँच विस्तार गर्ने कार्यक्रमअन्तर्गत सोलार वितरण गरिएको छ ।
रासस

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ९ : २९ बजे

Your email address will not be published.

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग

पूर्वसांसद सुमना श्रेष्ठद्वारा काठमाडौंको मेयरमा उम्मेदवारी दिने घोषणा

काठमाडौं । पूर्वसांसद सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने

मलद्वारमा लुकाएर ल्याएको झन्डै दुई किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । झन्डै दुई किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका

प्रधानमन्त्री बालेन्द्र र भारतीय राजदूत दलेलाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय