२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

डोल्पामा आगो निभाउने क्रममा चार सैनिक घाइते, हेलिकप्टरबाट उद्धार



डोल्पा । हिमाली जिल्ला डोल्पामा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा नेपाली सेनाका चार जना घाइते भएका छन् ।

ठूलीभेरि नगरपालिका–४ मा पर्ने मष्टा भवानी सामुदायिक वनमा आइतबार दिउँसो सल्किएर निभाइ सकेको आगो आज पुनः लागेपछि निभाउने क्रममा देवीदत्त गण भदालेका चार सैनिक जवान घाइते भएका छन् । घाइते हुनेमा ३० वर्षीया प्युठ विजय कोइराला, ३८ वर्षीय जमदार केशरबहादुर मगर, २८ वर्षीय जवान हेमन्त रावत र २३ वर्षीय जवान आशिष बुढा रहेको संग्राम सार्दुल गुल्म सुलिगार्डका सेनानी अशोककुमार कार्कीले जानकारी दिए ।

आइतबार निभाइसकेको आगो आज पुनःसुरु भएपछि सैनिक निभाउन गएका थिए । त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको सेनानी कार्कीले बताए। पहिलो चरणमा घाइते दुई जनाको हेलिकप्टरबाट उद्धार गरेर नेपालगञ्ज लगिएको र बाँकी दुई जनाको उद्धारका लागि हेलिकप्टर आउन लागेका उनले बताए ।

आगो निभाउने क्रममा वरिपरिबाट हावाको बेगसँगै आगो आएपछि खोल्सामा रहेका जवान पोलिएको सेनाले जनाएको छ । आइतबार देवीदत्त गुल्मका सैनिक जवानले आसपासको फोहर जलाउने क्रममा आगो नजिकैको वनमा सल्किएपछि आगलागी सुरु भएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ८ : २२ बजे

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

राँझा । नेपालगञ्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

काठमाडौं । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री

नयाँ मतदातामा निर्वाचनको उत्साह

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कालीगण्डकी कोरिडोर : लस्ती-बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती-बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ