४ पुस २०८२, शुक्रबार | December 19, 2025

मन्त्रिपरिषद निर्णय : बिहीबारबाट व्यापार व्यवसाय सहज, जोरबिजोर नम्बरमा निजी सवारी चल्न पाउने



काठमाडौं । सरकारले सुरक्षा मापदण्ड अपनाएर व्यापार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बुधबार राति सम्पन्न मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सबै पसलहरू सञ्चालन गर्न दिने निर्णय गरेको हो । यो निर्यय बिहीबार देखि नै लागु हुनेछ ।

यस्तै, बैठकले जोरबिजोरका आधारमा जोर बिजोर दिन पारेर निजी सवारी साधन चल्न दिने पनि निर्णय गरेको छ । तर सार्वजनिक यातायात अहिल्यै संचालन गर्न नसकिने निस्कर्ष निकालिएको छ ।

यस्तै,  रेष्टुरेन्टहरुमा टेक अवे सर्भिस (खाना लैजाने मात्र) खुला गर्ने भएको छ।

त्यसैगरी, सरकारी कार्यालयहरू असार १ गतेदेखि पूर्णरुपमा सञ्चालन गरिने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो संसदलाई सम्बोधन गर्दै लकडाउन सहज बनाउन लागेको वनाउनुभएको थियो ।

चैत ११ गतेदेखि जारी लकडाउन निरन्तर लम्बिँदा दैनिक जीवनयापनमै समस्या पर्न थालेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  १० : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको