४ पुस २०८२, शुक्रबार | December 19, 2025

सिमामा आउने-जानेको चाप बढयो



बुटवल । नेपाल–भारतका खुल्ला सिमा ब्यवस्थापन गर्ने सरकारी रणनीति अनुसार आधिकारिक सिमाबाट नेपाल आउने र जानेक्रम बढेको छ ।

पछिल्लो पटक लकडाउन ब्यवस्थित र खुकुलो बनिरहँदा नेपालीहरु आउने र भारतीयहरु जाने क्रम बढेको हो । प्रदेशको कोरोना संकट ब्यबस्थापन समितिको केही दिअघिको बैठकले हरेक जिल्लामा एक मात्र सिमाबाट आउने जाने ब्यवस्था गर्ने निर्णय गरेको थियो ।

चार सयभन्दा धेरै किलोमिटर खुल्ला सिमा रहेको यो प्रदेशमा अबैध किसिमले आउने जाने क्रम तीब्र बनेको थियो । जसका कारण कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

प्रदेश ५ का रुपन्देही, बाँके, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा सिमानामा आउने र जाने दुवै बढेका हुन । भैरहवा समाचारदाताका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बेलहिया नाकाबाट दैनिक करिव दुई हजारको संख्यामा नेपाली र भारतीय नागरिक स्वदेश फर्किरहेका छन् ।

अहिले सीमामा नेपाली भन्दा भारतीयको चाप बढी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले बताउनुभयो । भारतले दैनिकजसो आफ्ना नागरिक भित्र्याउन थालेपछि नेपालमा रहेका भारतीय मजदूर सीमामा पुग्दा चाप बढ्ने गरेको छ ।

भारत सरकारले उत्तर प्रदेशका नागरिकलाई बेलहिया नाकाबाट स्वदेश फर्किने अनुमति दिएपछि नाकामा भारतीय नागरिकको चाप बढेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ६ : ३९ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ