२९ मंसिर २०८२, सोमबार | December 15, 2025

गुल्मीमा माओवादी केन्द्रका नेताहरुसहित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश



गुल्मी । गुल्मीमा नेकपा माओवादी केन्द्रका नेताहरु सहित अन्य विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्र जिल्ला सदस्य तथा धुर्कोट गाउँपालिकाको कार्यपालिका सदस्य कमला घर्ती, नेकपा माओवादी केन्द्र रेसुङा नगरकमिटी सह(सचिब कमला परियार, पुर्व जनमुक्ति सेना तथा बाइसिएल जिल्ला कमिटी सदस्य ज्ञानुराम खनाल र नेकपा माओवादी केन्द्र रेसुङा नगरकमिटी सदस्य इन्दिरा मगर एमालेमा प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी सचिव गणेश श्रीपालीले जानकारी दिए ।

उनीहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य गणेश खनाल र जिल्ला अध्यक्ष बालसिह काउछा लगायतका नेताहरूले स्वागत गरेका थिए । एमाले प्रवेश गर्ने नेतृ घर्तिले अबको जनताको पार्टी एमाले भएकाले समाहित भएको बताइन् ।

उनले माओवादी केन्द्रले गैर कम्युनिस्टहरुसङ गठबन्धन गरेर सहिदको सपना कुल्चिदै ब्यक्तीगत स्वार्थमा लिप्त भएपछि पार्टी छोड्नुको अर्को विकल्प नभएको बताइन । पुर्व जनमुक्ति सेना तथा वाइसीएल जिल्ला सदस्य ज्ञानुराम खनालले ज्यानको बाजि थापेर हुर्काएको पार्टी र ब्याबस्थालाई माओवादी नेतृत्वले धरापमा पारेकाले एमालेमा आवद्ध हुन सबैलाई आग्रह गरे ।

प्रवेश गर्ने सबैले आगामी निर्वाचनमा एमाले दिएको निर्देशन र जिम्मेवारीलाई दृढताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । एमालेमा आवद्ध भएका नेताहरूलाई स्वागत गर्दै एमाले अध्यक्ष बालसिह काउछाले एमाले विरुद्ध गरिएको घेराबन्दी तोडेर एमालेमा आवद्ध भएका साथीहरूलाई उपयुक्त जिम्मेवारी दिएर अगाडी बढने बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ४ : ५४ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११