४ पुस २०८२, शुक्रबार | December 19, 2025

आजको मौसम : देशभर सामान्य बदली, केही स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना



काठमाडौं । अहिले देशभर स्थानीय वायु, पश्चिमी वायु ,पश्चिमको भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रका साथै पूर्व–पश्चिम क्षेत्रमा बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव कायमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै प्रदेश १, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानमा हल्का बर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान र कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती देशभर सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ६ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको