१७ बैशाख २०८१, सोमबार | April 29, 2024

एमालेलाई मत दिएर जनताले गल्ती गर्ने छैनन् : किशोरसिंह राठौर



खजुरा । नेपाली कांग्रेसका केन्द्रिय सह-महामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौंरले मुलुकको समृद्धि र विकासका लागि पाँच दलिय गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताएका छन् ।

बाँके क्षेत्र नम्बर ३ अन्तरगत पर्ने बैजनाथ गाउँपालिकाको वडा नम्बर १, ८ लगायत स्थानमा मतदाता भेटघाट तथा घरदैलोका क्रममा उनले समृद्धि र विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको बताएका हुन् । ‘संबिधान बचाउन र यो देशमा विकास तथा समृद्धि ल्याउनका लागि नै पाँच दलबीच गठबन्धन बनेको हो,’ उनले भने ‘संबिधानलाई जोगाउने हो र विकास तथा समृद्धि चाहिने हो भने यही गठबन्धनलाई आउँदो निर्वाचनमा जिताउन जरुरी छ ।’

एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताको नेतृत्व गर्दा दुई पटक संसद विघटन गरेको ईतिहास जनतालाई राम्रोसँग थाहा उल्लेख गर्दै उनले एमालेलाई मतदान गरेर जनताले गल्ती नगर्ने विश्वास व्यक्त गरे । बाँकेको क्षेत्र नम्बर ३ को विकास गर्नकै लागि आफु चुनाव लडेको नेता राठौंरले प्रष्ट्याए ।

नेपाली कांग्रेसले नेतृत्व गरेको बैजनाथ गाउँपालिका अध्यक्षको विशेष पहलमा भुमिहिन, सुकुम्बासीका लागि मालपोत कार्यालय बाँकेले आवश्यक प्रक्रिया अगाडी बढाइसकेको उनले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ७ : ४८ बजे

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको