२० जेष्ठ २०८१, आइतबार | June 2, 2024

पाल्पा–२ : ‘नो नट अगेन’को अभियानले ठाकुर गैरे ‘कम्फर्ट जोन’मा !



बुटवल । विद्यार्थी राजनीतिबाट उदाएका पाल्पाका एमाले युवा नेता ठाकुर गैरे यतिबेला चुनावी अभियानमा व्यस्त छन् । पाल्पा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार गैरेले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सबै ४४ वटा वडामा पुगेर भेटघाट गर्ने अभियानलाई तिब्रता दिएको बताएका छन् ।

अभियानकै क्रममा मँगलबार बुटवलमा सञ्चारकर्मीहरुसँग छलफल गर्दै उनले पाल्पामा चुनाव जित्ने आधार बलियो हुँदै गएको दाबी गरे । ‘संसदीय चुनावमा आफू उम्मेदवार भएर मत मागेको पहिलो अनुभव हो । तर, जब म गाउँ पसे मतदाताका प्रतिक्रियाले अत्यन्तै उत्साहित बनाएको छ ।’–गैरेले भने, विगतमा अरुलाई जिताउन गाउँ पुग्ने व्यक्ति आफै उम्मेदवार भएर अगाडि उभिँदा जनताले थप फराकिलो उत्साहजनक मनले स्वागत गर्नुभएको छ । गाउँको यात्राले थकित शरिरमा पनि उज्यालो अनुहार लिएर सञ्चारकर्मी समक्ष आएका गैरेले निर्वाचन आफ्ना लागि सहज हुँदै गएको दाबी गरे ।

एमालेभित्र रहँदा सदाबहादर उम्मेदवार पूर्व मन्त्री सोमप्रसाद पाण्डेयसँग चुनावी प्रतिस्पर्धामा रहेका गैरेका लागि एउटै चुनौती हो, संसदीय निर्वाचनमा पहिलो अभ्यास । वि.स. २०५३ सालदेखि नै सदाबहार उम्मेदवारको रुपमा रहँदै आएका नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेय सत्ता गठबन्धन दलकोतर्फबाट उम्मेदवार छन् । गत बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा उनको पार्टीले वडा अध्यक्षहरुमा प्राप्त गरेको जम्मा मत नै मात्र ४३३ हो । जुन निर्वाचन क्षेत्रमा कूल मतदाता संख्या १ लाख ५ हजार रहेको छ ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरूको मत परिणाम हेर्दा यो क्षेत्रमा एमाले सबैभन्दा ठूलो दल हो । वडाध्यक्षको मत हेर्दा यो क्षेत्रमा एमालेले ३० हजार ५३६ मत पाएको छ । कांग्रेसले २९ हजार ३९, माओवादीले ४ हजार ३१३ र एकीकृत समाजवादीले ४३३ मत मात्रै पाएको छ । संगठनात्मक भोट कम रहेकाले एकीकृत समाजवादीका पाण्डेयलाई निर्वाचन जित्न कांग्रेस र माओवादीको भरोसा छ । केही मत राष्ट्रिय जनमोर्चाको पनि छ ।

छैटौ पटक चुनावी मैदानमा उत्रिएका पाण्डे र पहिलो पटक चुनावी मैदानमा उभिएका गैरे बीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

पछिल्लो समय सामाजिक सञ्जाल तथा युवाहरुमा देखिएको ‘नो नट अगेन’ को अभियानले गैरे कम्फर्ट जोनमा भएको दाबी गर्छन् । पटक–पटकका संसदीय निर्वाचन जितेर गएका पाण्डेयलाई अब बिस्राम दिनुपर्ने पक्षमा पाल्पाली मतदाता रहेको देखिन्छ । नयाँ र युवा अनुहारको खोजिमा रहेका मतदाताका लागि ठाकुर गैरे नै उपयुक्त बिकल्प हुने भएकाले उनी सुरक्षित देखिएका हुन् ।

२ नम्बर क्षेत्रमा पर्ने पश्चिम पाल्पा बिकासको हिसाबले पनि कमजोर र पूर्वाधार निर्माणमा नगन्य अवस्थाले जनताहरुले नयाँ अनुसारलाई जिताउने एमाले नेताहरु बताउँछन् । यसैगरी पाल्पा–२ विगतदेखि एमालेको पकड रहेको र युवा नेता भएकाले गैरेको जीत सहज रहेको एमाले जिल्ला अध्यक्ष धनेन्द्र घिमिरेको दाबी छ ।

उता पाण्डेयले भने गठबन्धनको मत नै आफ्नो जीतको आधार भएको दाबी गर्छन् । पाल्पामा एमालेसँग प्रमुख प्रतिस्पर्धी मानिएको नेपाली काँग्रेससँगै नेकपा माओवादी केन्द्रको साथले समाजवादीका नेता पाण्डेयलाई जित सहज भएको उनको दाबी छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ९ : २३ बजे

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर

जेष्ठ नागरिक मन्च बुटवलको तेस्रो साधारणसभा सम्पन्न

बुटवल । जेष्ठ नागरिक मन्च बुटवलको तेस्रो साधारणसभा सम्पन्न भएको

चिनिया अन्तरिक्ष यान ‘चाङ-ई-६’ चन्द्रमामा अवतरण

काठमाडौं। चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा

वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै

वीरगञ्ज। नेपाल विद्युत प्राधिकरणले वीरगञ्ज क्षेत्रका औद्योगिक करिडोरमा सञ्चालित र

एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनको तयारी तीव्र