३० श्रावण २०८३, शनिबार | August 15, 2026

सिद्धार्थनगरका पुर्व नगरप्रमुख अधिकारीले भने, ‘दीपक बोहोरालाई मत नदिए भैरहवा १० बर्षपछि धकेलिन्छ ’



भैरहवा । सिद्धार्थनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख हरि प्रसाद अधिकारीले सिद्धार्थनगरबासीले दीपक बोहोरालाई मत दिनुपर्नेमा जोड दिएका छन् ।

उनले आज भैरहवाको गल्लामन्डीमा आयोजित कार्यक्रममा भने, ‘भैरहवाको विकासको सुत्रधार नै दीपक बोहोरा हो । यसैले तीन दलिय तालमेलबाट प्रतिनिधीसभा सदस्य रहनुभएका बोहोरा र प्रदेश सभा सदस्य उम्मेदवार महेन्द्र यादवलाई मत दिनु नै भैरहवाको दीर्घकालिन विकासकोलागि जरुरी छ । ’

एमालेका नेता समेत रहेका अधिकारीले परिपक्क राजनीतिज्ञको रुपमा रहेका बोहोरा र युवा तथा इमान्दारीताको परिचय बनाएका यादवको उम्मेदवारीले भैरहवाका मतादातामा उत्साह थपिएको समेत बताए ।

अधिकारीले कोभिडको समयमा बोहोराको सहयोगमा क्वारेन्टाईन तथा विभिन्न कोभिढ नियन्त्रणकोलागि आवश्यक स्वास्थ्य सामग्री नगरमा प्राप्त नभएको भने धेरै समस्या पर्ने थियो भन्दै त्यतिबेलाको सहयोगलाई नगरबासीले सम्झीरहको बताउदै पदमा छदा अथवा नरहदा जहिल्यै पनि भैरहवाको लागि काम गर्ने नेता बोहोरा भएको बताए ।

अधिकारीले भने, ‘हामीलाई जनताको कुरा सुन्ने, हरेक मानिससँग सहजै भेटघाट गर्ने नेता चाहिएको छ । विकास गर्ने नेता चाहिएको छ । डायनामिक नेता चाहिएकोछ । त्यो गुण बोहोरा र यादवमा छ । ’

कार्यक्रममा लुम्बिनी प्रदेशको पुर्वमन्त्री कल्पना पान्डेले मंसिर चार गते भैरहवाबासीको लागि समृद्धिको आधार रेखा कोर्ने दिन भएको बताईन् । उनले भनिन,‘मंसिर ४ गते हामी सबै नेपालीकोलागि महत्वपुर्ण दिन हो, त्यसमा पनि भैरहवाबासीकोलागि झनै अर्थपुर्ण दिन हो । हामीले विकासप्रेमी नेता दीपक बोहोरा र महेन्द्र यादवलाई विजयी गराउन हलो र छातामा मतदान गर्नु जरुरी छ । ’

एमाले, राप्रपा , जसपाका तालमेलबाट प्रतिनिधी सभा सदस्य रहेका दीपक बोहारा, प्रदेश सभा सदस्य रहेका महेन्द्र यादवको कोणसभामा गल्लामन्डी क्षेत्रका उद्योगी व्यवसायीको उल्लेख्य उपस्थिती रहेको रामदयाल गुप्ताले बताए ।

एअरपोर्टमा जग्गा परेकालाई मुआब्जा दिलाईदिने भन्दै ठगी गर्नेलाई चिन्न आग्रह

भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा घर जग्गा परेकालाई मुअब्जा दिलाउने काममा छिटो छरितो गराउने भन्दै सर्वसाधरणसँग कमिशन खाने व्यक्तिहरु आसन्न निर्वाचनमा उम्मेदवार रहेकोले त्यस्ता व्यक्तिलाई चिन्नुपर्ने प्रदेश सभाका उम्मेदवार महेन्द्र यादवले बताएका छन् ।

गल्लामन्डीको पिपरीयाचौकमा आयोजित चुनाबी कोणसभामा बोल्दै एमाले, राप्रपा र जसपाको तर्फबाट साझा उम्मेदवार रहेका जसपाका नेता समेत रहेका यादबले भने, ‘मान्छे चिन्नुपर्छ, एअरपोर्टमा मुआब्जाको फाइल अगाडी बढाउने बहानामा सर्वसाधरणसँग पैसा माग्नेलाई विधायक बनाएपछि भोलि के गर्लान ? ’

यादवले सन्तोष पान्डे झुठको खेति गर्नमा अत्यन्तै सिपालु नेता भएको आरोप समेत लगाए । उनले भने, ‘अरु त अरु मिडीया हाउसहरुलाई विज्ञापनको पैसा नतिर्ने, पत्रकारको भवन बनाउन सहयोग गर्छु भनेर प्रपोजल मागेर मन्त्री हुदाँ एक रुपैयाँ सहयोग नगर्ने, सरकार बनाउने र ढलाउने खेलमा करोडौ झ्वाम् पार्नेले तपाईहरुलाई दुईचार हजार दिएर प्रभावित पार्न सक्छन त्यस्तालाई मत दिनु कत्तिको ठीक हो आफै सोच्नुस् । ’

भैरहवामा विमानस्थलमा जग्गा अधिग्रहण गर्दा पान्डेले अग्रसरता लिई सर्वसाधरणको फाईल अगाडी बढाउने र त्यसबापत प्राप्त हुने मुआब्जाको १० देखि १५ प्रतिशत सम्म कमिशन खाने गरेको तथ्य विगतमा पनि बाहिरीएको थियो । केहि बर्ष अगाडी एक होलसेलरको मार्केटिङ प्रतिनिधीको रुपमा भैरहवाको बजारका पसल पसलमा समान बेच्न हिड्ने पान्डेसँग अहिले अकुत सम्पति रहेको छ । उनी माथि मधेश आन्दोलनको समयमा पहाडीयाहरुको घर छानिछानि सीसा फुटाउन लगाएको आरोप छ । बुद्धचौकमा कांग्रेसका वर्तमान सिद्धार्थनगर सभापति सुरेन्द्रजंग थापा, राजेन्द्र थापाको घरको सिसामा ढुंगा हान्न लगाउने, यसैगरी खिमबहादुर खत्रीको बैंकरोडमा स्कुटी जलाउने काम पनि पान्डेकै निर्देशनमा भएको आरोप अहिले सम्म खेपीरहेका छन् । मधेस आन्दोलनको पहाडीया मधेसीको फीलिंग बनाएर नेता बनेका पान्डेले भैरहवामा रोपेको मधेसी र पहाडीया भन्ने द्वन्द्वको आगो निभाउन धेरै समय लागेको स्थानियहरु बताउछन् ।

श्याम पासवानले भने, ‘पान्डेले मधेश आन्दोलनमा हामीलाई समेत दुरुपयोग गरे । अहिले बल्ल बुझ्यौ ।’

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ९ : ५१ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर