२ असार २०८३, मंगलबार | June 16, 2026

अमेरिकामा मध्यावधि निर्वाचनः सिनेटमा डेमोक्र्याटिक पार्टीको बहुमत



न्युयोर्क । निर्णायक राज्य नेभाडामा चुनाव जितेर डेमोक्र्याटिक पार्टीले अमेरिकी सिनेटमा बहुमत हाँसिल गरेको छ ।

रिपब्लिकनहरूले पार्टीको खराब प्रदर्शनको लागि डोनाल्ड ट्रम्पलाई दोष दिएका छन् । नेभाडामा क्याथरिन कोर्टेज मास्टोको जितसँगै  डेमोक्र्याटिक पार्टीले सिनेटमा ५० सिटसहित बहुमत जुटाउने भएको हो ।

कोर्टेज मास्टोका प्रतिद्वन्द्वी एडम लाक्साल्टलाई ट्रम्पले समर्थन गरेका थिए । ट्रम्पले आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवार दिने बताएका छन् ।

नतिजाले डेमोक्र्याटलाई रिपब्लिकन भन्दा एक सिट अगाडि राखेको छ ।  जर्जिया सिनेट सिटको निर्वाचन भने  डिसेम्बरमा हुनेछ । । माथिल्लो सदनमा आफ्नो पार्टीको विजयले आफू ‘अपत्यारिलो ढंगले’ खुसी भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

तर, रिपब्लिकनले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमतनजिक छन्, जुन राष्ट्रपतिका लागि ठूलो धक्का हो ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ७ : ३० बजे

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज । यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार

राप्ती सोनारीमा उद्योग स्थापना गर्न उद्योगी व्यवसायीलाई पालिकाको आह्वान

नेपालगन्ज । बाँकेका उद्योगी व्यवसायीहरुले लगानी मैत्री वातावरण पाए राप्ती

मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको