३० श्रावण २०८३, शनिबार | August 15, 2026

गोकर्ण विष्ट : गर्विलो विगत, उज्यालो भविष्य



गुल्मी । गोकर्ण विष्ट नेकपा एमालेका केन्द्रिय सचिव हुन् । उनी इस्मा गाउँपालिका ४ दोहली बाँझमा २०२२ साल असार १७ गते जन्मिएका हुन् । उनले व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । बिष्टले ०३५/०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनैतिक यात्राको सुरुवात गरे । उनले विभिन्न मुद्दामा विभिन्न कारागार र हिरासतमा जीवन बिताएका छन् ।

त्यस्तै ०५० सालसम्म अनेरास्ववियु, सचिवालय र विभिन्न विभाग प्रमुखहुँदै प्ररायुसंघको महासचिव सचिव र ०५६ देखी २ कार्यकाल प्ररायुको अध्यक्ष समेत बने । उनको नेतृत्वमा प्ररायुसंघ थप अनुशासित, जुझारु र सशक्त बन्यो । पार्टीको ७ र ८ औ महाधिवेशनबाट २ कार्यकाल केन्द्रीय सदस्य, ९ औ महाधिवेशनबाट केन्द्रीय सचिव र विभिन्न मोर्चाका विभाग प्रमुख बिष्ट सक्रिय छन् । उनी ०५६, ०७० र ०७४ सालमा प्रतिनिधी सभामा निर्वाचित भएका छन् । बिष्ट ०६८ सालमा चार महिना मात्रै उर्जामन्त्री बने ।

छोटो समयमै विद्युत चुहावट नियन्त्रण, लोडसेडिङ न्यूनिकरण, महसुल नतिर्ने कम्पनीको लाइन काट्ने, विद्युत प्राधिकरणको अध्यक्ष मन्त्री रहने व्यवस्था परिमार्जन गरेर सचिवलाई दिने तथा कार्यकारी प्रमुख खुल्ला प्रतिस्पर्धाबाट नियुक्तिको सुरुवात, माथिल्लो तामाकोशीको शिलान्यास, बुढीगण्डकी, नलसिंह गार्ड, उत्तर गंगा रसुवागढी, सान्जेन, मध्ये भोटेकोशी लगायतका आयोजनाको काम तिब्र रुपमा अगाडी बढ्यो । पश्चिम सेती आयोजनामा नयाँ ठेकेदार छनोट, १० मेगावाटभन्दा माथिका आयोजनाको लाइसेन्स प्रतिष्पर्धाबाट वितरण गर्ने कानुनी व्यवस्था, उर्जा विकास कम्पनी स्थापना, प्रशारण लाइनको मास्टर प्लान निर्माण गरेर बिष्टले पार्टी र जनता माझमा लोकप्रियता बटुले ।

०७२ सालको विनाशकारी भूकम्पपछि नेकपा एमालेले संचालन गरेकोे एक महिने राष्ट्रिय स्वयंसेवक अभियानको संयोजक भएर हजारौं स्वयंसेवकको नेतृत्व गर्दै उद्दार राहत र पुननिर्माणको बिष्टको योगदान अविस्मरणीय रहेको छ । उनी ०७४ चैत २ देखि २१ म्हिना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भए ।

सामाजिक सुरक्षा योजना प्रारम्भ तथा कार्यान्वयन, प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुवात, नेपाली श्रमिकको न्यूनतम तलब पहिलो पटक ३९ प्रतिशतले बृद्धि, सातै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना, प्रदेशबाटै श्रम स्विकृती दिन शुरु, अन्तराष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपाली श्रमिकको पक्षमा दह्रो वकालत, ठगी र सिण्डिकेट लगायतका विकृति हटाउदै वैदेशिक रोजगारीलाइ सुरक्षित, मर्यादित र प्रतिफलमुखी बनाउन थुप्रै नितिगत तथा व्यवहारिक सुधार, मलेसिया, संयुक्त अरब इमिरेट्स युएई, मरिसस, जापान लगायतका मुलुकसँग श्रम सम्झौता गरेर अर्को चमत्कारिक काम र कार्यभार पुरा गरे ।

गुल्मीको विकासमा अब्बल

निर्वाचित भएपछि क्षेत्र फर्किर काम गर्ने नेपालका बिरलै मध्येका नेता मध्ये गोकर्ण पनि हुन् । ०५६ देखि निर्वाचनमा भिडेपनि बिष्टले करिव १२ बर्ष मात्रै संसद र छोटो अवधी मन्त्री भएका छन् । विकासमा शुन्य निर्वाचन क्षेत्रमा निकै महत्वपूर्ण कामहरु गुल्मी दुईमा भएका छन् । उनी सांसद बन्नभन्दा पहिले गाउँमा सडक संजाल थिएनन् । घाँसको गाँज समातेर हिड्नुपर्ने गाउँमा अहिले अर्बौको मदन भण्डारी राजमार्गसहित प्रत्येक बस्तीमा मोटरबाटाहरु निर्माण भएका छन् ।

तत्काल कालोपत्रे गर्ने अवस्थामा रहेका सडक मात्रै क्षेत्र नं २ मा ५ वटा छन् । यो अवधीमा १ सय ४५ वटा सडक योजनामा १५ अर्व बढि रकम खर्च भएको छ । सडक नभएको ठाउँमा पुल बन्ने संभावनानै थिएन । बर्षा बढि भए गाडी र मान्छे खोला तर्ने उपाय थिएनन् । गोकर्ण बिष्टले निर्वाचन क्षेत्रमा ५९ वटा पक्की पुल र ४९ वटा आकासे तथा झोलुङे पुलका योजना समावेश गरेका छन् । जसका ९० करोड बढि रकम खर्च भएको गोकर्ण बिष्टको सचिवालयले जनाएको छ । बिष्ट निर्वाचित हुनभन्दा पहिले गाउँमा टाउको दुखे सिटामोल दिने ठाउँ थिएनन् ।

अहिले गाउँगाउँमा ३१ वटा आधुनिक संरचनासहितका स्वास्थ्यचौकी भवन, एक पालिका एक १५ शैयाको अस्पतालसहित अत्याधुनिक सुविधासहितको सय शैयाको गुल्मी अस्पतालको निर्माण भैरहेको छ । यी संरचनाको लागि दुई अर्व ३० करोड खर्च भएको छ । क्षेत्र नं २ मा घाम अस्ताएपछि टुकी र देलोले बालेर खाना खाने अवस्था थियो । अहिले बिजुली नपुगेको थाउँ छैनन् । निर्वाचन क्षेत्रका नागरिकले मात्रै होइन हरेक साँझ बत्ति बाल्ने बेला गोकर्ण बिष्टलाई सम्झिने अवस्था उनको कामले बनाएको छ ।

गुल्मी २ मा बिद्युतको गुणस्तरियताकै लागि १३२ केभिएको राष्ट्रिय ट्रान्समिसन लाइनको काम तिव्र रुपमा अगाडी बढिरहेको छ । अहिलेसम्म १३२, ३३ र ११ केभिए र ग्रामिण बिद्युतीकरणको लागि गुल्मीमा ५ अर्ब ८२ करोड खर्च भएको छ । १० करोडमा गाउँगाउँमा काठका पोलहरु बिस्थापन गरेर स्टिल पोल बिस्तारको काम भइरहेको छ । क्षेत्र २ का नागरिकको अर्को ठुलो समस्या खानेपानी हो । खानेपानी नपाएर कैयाँ बस्ती काकाकुलकै जुग बिताए । कामनै भएन र काम नदेखेर राजनैतिक पुर्बाग्रहीहरुलाई खोज गर्ने गरेरै खानेपानीमा विकास भएको छ ।

अर्बौ खर्च गरेर १६७ वटा खानेपानी योजनाका काम गुल्मी २ मा भएका छन् । संघ र पछिल्लो समय स्थानीय सरकारहरुसंगको समन्यमा निर्वाचन क्षेत्रका साढे १५ हजार घरमा एक घर एक धारा निर्माण हुनु सामान्य कुरा होइन् । करोडौको अत्याधुनिक किरण पुस्तकालय, लखनथापा खेल मैदानसंगै धुर्कोट, मुसिकोट, इस्माकोटसहितका ११० वटा पुरात्वातिक संरचना निर्माणमा करोडौ खर्च भएको छ ।

२२० भन्दा बढि सिंचाईका साना-ठुला योजना, ३० वटा गाविस भवन, २५९ शौचालय र खानेपानसतिका बिद्यालय, युडब्लुएस मार्फत १८ अंग्रेजी बिद्यालय, जिवराज बहुप्राविधिक शिक्षालय, सवै पालिकामा आद्योगिक ग्रामको स्थापना र गर्जुरा पार्क तथा कंकेदेउरालीसहितका पर्यटकीय स्थानमा संरचना निर्माणको लागि अर्बौको काम पुर्व मन्त्री बिष्टको पहलमा भएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १० : १४ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर