२८ आश्विन २०८३, बुधबार | October 14, 2026

विश्वको जनसंख्या आठ अर्ब, आधा जनसंख्या ७ देशमा मात्रै



न्युयोर्क । संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनअनुसार पृथ्वीमा अहिले आठ अर्ब मानिस बसोबास गर्छन् । यो प्रक्षेपण संयुक्त राष्ट्रसंघको विश्व जनसंख्या सम्भावना २०२२ प्रतिवेदनमा खुलासा गरिएको छ ।

भारत सन् २०२३ मा चीनलाई उछिन्ने बाटोमा रहेको प्रतिवेदनमा उल्लेख छ । ब्लुमवर्गको  प्रतिवेदनअनुसार आधा जनसंख्या अझै पनि सात देशमा बस्छ । ती देशहरूः चीन, भारत, अमेरिका, इन्डोनेसिया, पाकिस्तान, नाइजेरिया र ब्राजिल हुन् ।

संयुक्त राष्ट्रसंघले ८ अर्बको अंकलाई ‘मानवताका लागि ऐतिहासिक कोशेढुंगा’ भनेको छ । ‘यो अभूतपूर्व वृद्धि जनस्वास्थ्य, पोषण, व्यक्तिगत सरसफाइ र औषधिमा भएको सुधारका कारण मानव आयुमा क्रमिक वृद्धि भएको कारण हो ।’ राष्ट्रसंघले भनेको छ ।

सन् २०१९ मा विश्वव्यापी औषत आयु ७२ दशमलब ८ वर्ष थियो, जुन सन् १९९० पछि करिब ९ वर्षको वृद्धि हो । सन् २०५० सम्म औषत आयु ७७ दशमलब २ वर्ष हुन सक्ने वर्तमान प्रक्षेपणहरूले विश्वास गर्छन् ।

९ अर्ब पुग्न १५ वर्ष लाग्ने भएता पनि सन् २०८० सम्ममा १० अर्ब जनसंख्या पुग्ने  राष्ट्रसंघले अपेक्षा गरेको छैन, जुन विश्वव्यापी जनसंख्याको समग्र वृद्धि दर सुस्त भएको संकेत हो । प्रतिवेदनअनुसार विश्वव्यापी रूपमा जनसंख्यामा गिरावट न्युन र घट्दो प्रजनन स्तरको कारण हो ।

विश्वव्यापी जनसंख्या बृद्धि उप–सहारा अफ्रिका जस्ता विश्वका केही गरिब देशहरूमा बढी केन्द्रित देखिन्छ । तर, प्रतिव्यक्ति उच्च आय हुने देशहरूमा तीब्र रूपमा बढ्दो जनसंख्या नहुन सक्छ ।

जुलाई ११ मा विश्व जनसंख्या दिवसमा जनसंख्या वृद्धिबारे बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भनेका थिए, ‘यस वर्षको विश्व जनसंख्या दिवस एक कोशेढुंगा वर्षमा पर्दछ, जब हामी पृथ्वीको आठ अर्ब बासिन्दाको जन्मको अनुमान गर्दछौं । यो उत्सव मनाउने अवसर हो । यो हाम्रो विविधतालाई मनाउने, हाम्रो साझा मानवतालाई चिन्ने, र स्वास्थ्यमा भएको प्रगतिमा आश्चर्यचकित गर्ने अवसर हो, जसले आयु बढाएको छ र नाटकीय रूपमा मातृ र बाल मृत्युदर घटाएको छ ।‘

एजेन्सी

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १२ : ०७ बजे

नेपालबाट बाहिरियो यस वर्षको मनसुन, औसत मितिभन्दा १२ दिन ढिलो

काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ।

मणिमुकुन्द सेन उद्यानको नयाँ कार्यसमितिको पदस्थापन

बुटवल । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको छैटौँ अधिवेशनबाट निर्वाचित

पोखरा-दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

पोखरा । फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको

फेरियो ९ वर्षदेखि कन्तबिजोग खजुरा सडकको मुहार

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९