२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रचारप्रसारको अन्तिम दिन कोहलपुरमा बामलोकतान्त्रिक गठबन्धनको -यालीसहित घरदैलो



कोहलपुर । चुनाव प्रचार प्रसारको अन्तिम दिन बिहिबार कोहलपुरमा बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवाहरुले विशाल ¥याली सहितको घरदैलो गरेका छन । शुन्य समय सुरु हुनुपुर्व गठबन्धनले कोहलपुरमा शक्ती प्रदर्शन गरेको हो ।

कोहलपुर नगरपालिका ११ चौराहमा भेला भएका बाम–लोकतान्त्रीक गठबन्धनका उम्मेदवारसहितका नेता कार्यकर्ताहरुले बजार क्षेत्रमा घरदैलो गरेका हुन । घरदैलो कार्यक्रममा करिब ५ हजार बढि स्थानिय सहभागी भएका थिए ।

घरदैलो कार्यक्रम पछिको सभालाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार महेश्वर गहतराज (अथक) ले बिकास र समृद्धिकालागि गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे । सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुन गईरहेको निर्वाचनमा सहभागी भई आफ्नो मतदाधिकारको प्रयोग गर्न समेत उनले सबै मतदाताहरुलाई आग्रह गरेका छन ।

बिगतमा गरेका कामको आधारमा बाँके क्षेत्र नं। १ का मतदाताले आफुलाई जिताउने बताउँदै वर्तमान सरकारका युवा तथा खेलकुद मन्त्री समेत रहेका अथकले गलत प्रवृत्तिलाई परास्त गरी परिवर्तनका पक्षधरलाई बिजयी बनाउन आग्रह गरे । चुनावी अभियानका क्रममा मतदाताहरुले देखाएको सद्भावले गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित देखिएको बताउँदै उनले अब मत हाल्ने औपचारीकता पुरा हुन मात्र बाँकी रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा १ ९ख० का उम्मेदवार फुलाराम थारुले अग्रगमनका पक्षधरलाई मतदान गर्न सबैसँण्ग अपिल गरे । अनुभवी युवा उम्मेदवाहरुलाई मतदाताहरुले मत दिनेमा आफु विश्वस्त रहेको बताउँदै थारुले गठबन्धनका सबै उम्मेदवार सक्षम र परिपक्व रहेको जिकिर गरे ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ७ : ०६ बजे

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका