५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

बन्द नाकामा नेपाल भित्रनेको घुँइचो



नेपालगन्ज । आइतबार हुन गइरहेको निर्वाचनका लागि गएरातीदेखि नेपालगन्ज नाका बन्द गरिएको भएपनि नाकामा भारतबाट नेपाल फर्कनेहरुको घुँइचो लागेको छ । मंसीर ४ गतेको चुनावलाई लक्षित गरी स्थानीय प्रशासनले मंसीर १ गते राती १२ बजेदेखि ४ गते राती १२ बजेसम्म नाका बन्द गरेको भएपनि सूचनाको अभावमा नेपाल फर्कनेको घुँइचो लागेको हो ।

नाका बन्द भएपनि विहानै देखि भारतबाट आएका नेपालीहरु नेपाल भारतको नाकामा आइपुगेका छन् । नाका बन्दको सूचना नपाएर आएका नेपालीलाई दुबै देशका सुरक्षा निकायको समन्वयमा भित्रिन दिइएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले  जानकारी दिए । एसपी अधिकारीका अनुसार नेपालबाट विरामी या आपतमा परेकालाई भारततिर जान पनि दिइएको छ ।

नेपालगन्ज नाकाबाट मात्रै दैनिक ठूलो संख्याका मानिस ओहोर दोहोर गर्ने गर्छन् । चुनावले गर्दा नाका बन्द भएपनि थाहा नपाएका मानिस नाकासम्म आइपुगेका छन् । यस्तालाई स्थानीय प्रशासनले नरमनीति अपनाउदै आउन दिएको छ ।

सीमावर्ती जिल्ला अधिकारीको बैठकले मंसीर १ गते रातीदेखि ४ गते राती १२ बजेसम्म नाका बन्द गर्ने र नाकामा कडा निगरानी गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १० : १२ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन