३ पुस २०८२, बिहिबार | December 18, 2025

अमेरिकामा सेप्टेम्बरसम्म दुई लाख मानिस मर्ने अनुमान



अमेरिकामा आगामी सेप्टेम्बरसम्म कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या दुई लाख पुग्ने अनुमान गरिएको छ ।

हार्वर्ड ग्लोबल हेल्थ इनिसियटिभका प्रमुख आशिष झाले अमेरिकी टिभी च्यानल सीएनएनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, नयाँ संक्रमितको संख्या तिब्र गतिमा बढेन भने पनि सेप्टेम्बरमा मर्नेको संख्या दुईलाखसम्म पुग्छ ।

झाले भनेका छन्, ‘सेप्टेबरमा नै महामारी सकिँदैन, त्यसपछिका महिनामा पनि मर्ने श्रृंखला जारी नै रहनेछ ।’

जोन हप्किन्स युनिभर्सिटीको कोरोना तथ्यांकका अनुसार अमरिकामा कोरोना संक्रमितको संख्या २० लाख कटिसकेको छ । जबकी अहिलेसम्म त्यहाँ १ लाख १३ हजार भन्दा बढी मानिसको मृत्यु भैसकेको छ ।

अमरिकाले गत बुधबारदेखि लकडाउन निकै कमजोर बनाएको छ । कोरोनाको नयाँ संक्रमितहरुलाई नियन्त्रण पहिल्यै लकडाउन खोलिएको छ । यो निकै चिन्ताजनक छ’ आशीष झा निराश देखिएका छ्न ।

कोरोना भाइरसबाट हुने मृत्युलाई टेस्टिङ, कन्ट्याक्ट ट्रेसिङ, मास्क र सामाजिक दूरीबाटै रोक्न सम्भव छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ८ : ५३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका