४ पुस २०८२, शुक्रबार | December 20, 2025

चितवन क्षेत्र नं १ मा कांग्रेसका पौडेल र २ मा एमालेका पोख्रेलको सुरुआती अग्रता



चितवन । यही मङ्सिर ४ गते आइतबार भएको प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको मतगणना यहाँ जारी रहेको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा नै मतगणना जारी रहेको हो ।

चितवन क्षेत्र नं १ मा हालसम्म एक हजार मतगणना हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले सुरुआती अग्रता लिएका छन्  । उनले तीन सय ३७ मत प्राप्त गर्दा नेकपा एमालेका सुरेन्द्र पाण्डेले दुई सय ५२ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले तीन सय २९ मत प्राप्त गरेको  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ जना मतदाता रहेका छन् । जसमध्ये ६८.७३ प्रतिशत मत खसेको छ ।

यस्तै चितवन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले सुरुआती अग्रता लिएका छन्  । एक हजार एक सय २६ मत गन्दा उहाँले पाँच सय ५४ मत प्राप्तगरेका छन्  भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले तीन सय ९७ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ८७ मत प्राप्त गरेका छन्  ।

यस क्षेत्रमा ६७।३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेका छन् । यो नतिजा साँझ ५ बजे सम्मको हो ।

चितवन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकले २ः१५ बजे सुरु गर्ने भनी निर्णय गरिएको भए पनि ४ः३५ बजेदेखि मतगणना सुरु गरिएको

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ५ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको