४ पुस २०८२, शुक्रबार | December 19, 2025

सप्तरी-२ मा सिके राउतले उपेन्द्र यादवलाई दोब्बरले पछि छोडे



सप्तरी । सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष  डा. सिके राउतले अग्रता लिएका छन् ।

डा.,राउतले ११ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् भने जसपा अध्यक्ष उपेन्द्र यादव ५ हजार ८ सय ४६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । वाम गठबन्धनका जयप्रकाश ठाकुरले २ हजार १ सय ६५ मत प्राप्त गरेका छन् ।

सप्तरी-२ क मा जनमत पार्टीका सतिस सिंहले १० हजार ८ सय ३२ मत प्राप्त गरी पहिलो स्थानमा छन् । जसपाका शैलेन्द्र प्रसाद साह ५ हजार २ सय ८ मत प्राप्त गरी दोस्रो स्थानमा छन् भने  लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल ४ हजार १ सय ७१ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

सप्तरीकै २ को ख मा जनमत पार्टीका महेश यादव ९ हजार ७ सय ६१ मत प्राप्त गरी अग्रता कायम गरिरहेका छन् । वाम गठबन्धनका उमेश यादवले ५ हजार २ सय ७८ मत प्राप्त गरी दोस्रो स्थान बनाउँदा जसपाका लक्ष्मण यादव ४ हजार १ सय ७१ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्।
 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको