२६ बैशाख २०८१, बुधबार | May 8, 2024

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्ने



काठमाडौं । सडकमा युवाको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको भनिएको १० अर्वको हिसाव माग्ने दबाब बढेपछि कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशन समितिले कोरोना उपचारका सरकारले गरेको खर्चको हिसाब छिट्टै सार्वजनिक गर्ने बताएको छ ।

सीसीएमसीको शुक्रबार साँझ बसेको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको खर्चको फाँटवारी छिट्टै सार्वजनिक गर्ने निर्णय गरेको हो ।

समितिको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समितिका संयोजक तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले जारी गर्नुभएको वक्तव्य पढेर सुनाउँदै केही दिन भित्रमै खर्चको हिसाब सार्वजनिक हुने जानकारी दिए ।

उनले कोरोनाको रोकथाम तथा नियन्त्रण र उपचारका लागि नेपाल सरकारको तर्फबाट विभिन्न शिर्षकमा निकासा भएको तथा प्रदेश सरकार र स्थानीय तहहरुले आफ्ना कोषहरुबाट यस विषयमा खर्च गरेको समग्र फाँटवारी छिट्टै सार्वजनिक हुने बताए ।

उनले क्वारेन्टाइनको गुणस्तरमा समेत सुधार गर्दै जाने बताउंदै ‘एक महिना यता विदेशबाट नेपालीहरुको संख्या बढेर क्वारेन्टाइनहरुको व्यवस्थापनमा केही समस्या देखिएको स्पष्ट पारे ।

मन्त्री ज्ञवालीले दक्षिण एशियाका धेरै मुलुकहरुमा भन्दा नेपालमा सबेभन्दा बढी परीक्षण भएको दाबी गर्दै संक्रमणदरलाई हेरेर परीक्षणको दायरा बढाउने निर्णय भएको बताए । उनले भने ‘हाल नेपालले गरिरहेको पीसीआर टेस्ट दक्षिण एसियाका धेरै मुलुकहरुको भन्दा अधिक हो । ’

पछिल्लो केही दिन यता विभिन्न मागहरु राखेर भइरहेको आन्दोलनप्रति सरकार र सीसीएमसी निर्देशक समितिको ध्यानाकर्षण भएको बताउंदै ज्ञवालीले कोरोना संक्रमणको जोखिममा रहेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन प्रदर्शनकारीलाई आग्रह गरे ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ९ : २५ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार