७ आश्विन २०८३, बुधबार | September 23, 2026

निर्वाचन नतिजा सार्वजनिक हुँदैगर्दा ओली र प्रचण्डबीच फोन संवाद



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् ।

निर्वाचनअघि एकअर्कालाई कटु आलोचना गर्दै आएका दुई अध्यक्षबीच निर्वाचनको नतिजा सार्वजनिक भैरहेको बीचमै फोन संवाद भएको हो । सो संवादमा दुवै अध्यक्षले एकअर्कालाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा बधाई दिँदै सफल कार्यकालको शुभकामना साटेका छन् ।

ओली झापा ५ बाट निर्वाचित भएका छन् भने प्रचण्ड गोरखा क्षेत्र नं २ बाट निर्वाचित भएका छन्।

बधाई तथा शुभकामना दिन पुगेका माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीले टेलिफोन गरेर बधाई दिएको जानकारी दिएका थिए ।

अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार उनीहरुबीच एकअर्कालाई निर्वाचित भएकामा बधाई आदानप्रदान गरेका थिए । त्यसअवसरमा निर्वाचनको नतिजा र नयाँ परिस्थितिबारे सामान्य छलफल भएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : २६ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि