८ आश्विन २०८३, बिहिबार | September 24, 2026

प्रतिनिधिसभा समानुपातिकतर्फ खोटाङमा एमालेलाई सबैभन्दा धेरै मत



खोटाङ । प्रतिनिधिसभा समानुपातिकतर्फ खोटाङमा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको ६७ हजार ९८९ मतमध्ये एमालेलाई २४ हजार २७१ मत प्राप्त भएको हो ।

खोटाङबाट साना तथा ठूला गरी ४७ दलले समानुपातिक मत पाएका छन् । कतिपय दलले एक मत पनि पाएका छन् । प्रतिनिधिसभा समानुपातिकतर्फ तीन हजार ६ सय २० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा समानुपातिकमा कांग्रेसलाई १८ हजार ६ सय ७२, माओवादी केन्द्रलाई ११ हजार आठ सय ४५, एकीकृत समाजवादीलाई तीन हजार ३६, जसपालाई दुई हजार दुई सय ४८, राप्रपालाई एक हजार दुई सय ५५ मत प्राप्त भएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि एक हजार चार सय ९७ मत पाएको छ ।

आमूल परिवर्तन मसिहा पार्टीलाई एक सय ५३, मंगोल नेशनल अर्गनाइजेसनलाई एक सय  २१, राष्ट्रिय जनमोर्चाको ४५, नेपाल मजदुर किसान पार्टीको ८५, लोकतान्त्रिक समाजवादी पार्टीको २५, जनमत पार्टीको ४३, मौलिक जरोकिलो पार्टीको तीन, नेपाल समावेसी पार्टीको ३६, हाम्रो नेपाली पार्टीको ५५, जनता प्रगतिशिलको ९, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीको आठ, राष्ट्रिय नागरिक पार्टीको दुई मत आएको छ ।

 

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १ : २६ बजे

मौसमी जोखिममा सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म

वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको

प्रदेश विश्वविद्यालयको विधानमा स्वायत्ततामाथि प्रश्न : पुनरावलोकन आवश्यक

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालयको विद्यमान विधानका विभिन्न दफा तथा

कांग्रेस महाधिवेशन : पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म

बाँकेमा सुरक्षित आश्रयस्थलको व्यवस्थापन गरिँदै

यही शुक्रबारदेखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने