२९ मंसिर २०८२, सोमबार | December 15, 2025

चुनावमा जीत हासिल नभएपछि माओवादी ललितपुर संयोजक र सचिवले दिए राजीनामा



काठमाडौं । नेकपा माओवादी केन्द्र ललितपुर संयोजक संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले राजीनामा दिएका छन् ।

हालै सम्पन्न आमनिर्वाचनमा माओवादी केन्द्रकी उपमहासचिवसमेत रहेकी ऊर्जामन्त्री पम्फा भुसाल पराजित भएपछि यसको जिम्मेवारी लिँदै नैतिकताको आधारमा उनीहरुले पदबाट राजीनामा दिएका हुन् ।

‘ललितपुर जिल्लामा पार्टीको उपमहासचिव र पोलिटब्युरो सदस्य प्रदेशमा उठनु भएको थियो । तर, काठमाडौं उपत्यकाभित्र माओवादीको पनि राम्रै प्रभाव भएको पनि जिताउन सकिएन,’ कट्टेलले भने, ‘गठबन्धनवाट पनि राम्रो मत नआएपछि नैतिकताको आधारमा राजिनामा दिएका हौं, ।’ उनले प्रदेश संयोजक सरल सहयात्रीलाई राजीनामा बुझाएर पार्टी पुनर्गठनका लागि नयाँ ढंगले जानका लागि आफूहरुले भूमिका खेल्ने जनाएका छन् ।

ललितपुर क्षेत्र नम्बर ३ बाट भुसाल पराजित भएकी थिइन् । सोही क्षेत्रको प्रदेशसभा १ बाट माओवादी केन्द्रकै राजकाजी महर्जन र ललितपुर क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा माओवादी केन्द्रका हरि दाहाल पनि पराजित भए  ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १२ : ०९ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले