२० मंसिर २०८२, शनिबार | December 6, 2025

नवलपरासीमा धान उत्पादन ४५ प्रतिशतले बढ्यो



काठमाडौं। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ४५  प्रतिशतले धान उत्पादन बढेको छ ।

कृषि ज्ञान केन्द्र परासीका अनुसार गत वर्षको तुलनामा यसवर्ष करिब २८ हजार नौ सय ७३ मेट्रिक टन धानको उत्पादन बढेको हो । यस वर्ष २० हजार ५ सय हेक्टरमा धानखेती गरिएकोमा ९३ हजार दुई सय ७५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतापपुर र सुस्ता गाउँपालिका उखु, केरा र बदामका लागि परिचित मानिन्छ । यहाँ हाइब्रिड, साँवा, सुगन्धितलगायत जातका धान लगाउने गरिन्छ । धान उत्पादन बढाउन आधुनिक उपकरणमा अनुदान दिने, गुणस्तरीय बीउ वितरण गर्ने गरेकाले धान उत्पादन बढेको केन्द्रले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ४ : ४५ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति