१६ बैशाख २०८१, आइतबार | April 28, 2024

चोलेन्द्र सर्वोच्च फर्कने तयारीपछि सुरक्षा व्यवस्थामा कडाई



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्कने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
जबराले आफूविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै बुधबार दिउँसो सर्वोच्च फर्कने घोषणा गरेका छन् । उनले आफूलाई संघीय संसद् सचिवालयले महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएकाले बुधबारदेखि नै नियमित काममा फर्कन लागेको जानकारी दिए ।
तर, सर्वोच्च अदालतले भने जबराको महाअभियोगसम्बन्धी प्रस्ताव आइनसकेको जानकारी दिएको छ । जबराले विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै आजै आफू सर्वोच्च फर्कन लागेको बताएका छन् । उनले आफूले मंगलबार संसद् सचिवालयलमा महाअभियोगको प्रक्रियाबारे जान्न निवेदन दिएको र त्यसमा महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र आफूलाई दिइएकाले सर्वोच्च फर्कन लागेको जानकारी दिए ।
निवर्तमान प्रतिनिधिसभामा पेस भएको महाअभियोगको प्रस्ताव नयाँ संसद्ले अगाडि बढाउने नबढाउने कुनै निश्चित छैन । अहिले नै संसद् बस्न सक्ने अवस्था छैन । तर संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जबराले सोधेको पत्रको जवाफ भने दिएका छन् ।
निलम्बित प्रधानन्यायाधीश जबराले ‘ब्रेक टाइम’ पछि आफू सर्वोच्च जाने घोषणा गरेका छन् । तर यसबारे उनले सर्वोच्च प्रशासनलाई कुनै जानकारी गराएका छैनन् । सोहीकारण सर्वोच्च परिसरमा सुरक्षा व्यवस्थामा कडाई गरिएको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जबरा सर्वोच्च आए प्रहरीले गेटमै रोक्ने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १ : २७ बजे

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य

नेपाल र इण्डियन चेम्बर अफ कमर्सबीच आर्थिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको