७ श्रावण २०८३, बिहिबार | July 23, 2026

लागु औषधको नेपाली कारोबारी भारतमा पक्राउ



नेपालगन्ज । नेपालगन्ज सीमानाका पारीको भारतीय रुपईडिहा बजारमा ठुलो परिणामको लागु औषध सहित एकजना नेपाली पक्राउ परेका छन् । करिब ६५ लाख रुपैयाँ बराबरको लागुऔषधिसहित सागर नाम गरेका एक नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

रुपाईडिहा थानाका अनुसार मंगलवार १ बजे स्टेशन रोड रुपईडिहाबाट ६५ लाख नेपाली रुपैयाँ बराबरको १३२ ग्राम स्मेकसहित नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ बसुदेवपुरका सागर भन्ने व्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

भारतीय जिल्ला बहराईचले सञ्चालन गरेको अपराध एवं अपराधी रोकथाम अभियानअन्गर्तत मंगलवार राती गस्तीमा रहेको टोलीले स्मेकसहित सागरलाई पक्राउ गरेको रुपैडिहा थानाले जानकारी दिएको छ ।

रुपईडिहा थानाका प्रभारी निरीक्षक श्रीधर पाठकको नेतृत्वमा वरिष्ठ उपनिरीक्षक रुदल बहादुर सिंहसहितको गस्ती टोलीले रेलवे मालगोदाम रोडबाट शंका लागेर जाँच गर्दा सागरको पेटबाट उक्त स्मेक फेला पारेको जनाइएको छ ।

पक्राउ परेका सागरले दिएको बयानका आधारमा संलग्न अन्य व्यक्तिको पनि नाम र ठेगानको भारतीय प्रहरीले पहिचान गरेको छ । सागरविरुद्ध रुपईडिहा थानामा मुद्दा दर्ता गरी बुधवार जिल्ला अदालत बहराईच पठाइएको बताइएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ६ : ११ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ