२४ मंसिर २०८२, बुधबार | December 10, 2025

लागु औषधको नेपाली कारोबारी भारतमा पक्राउ



नेपालगन्ज । नेपालगन्ज सीमानाका पारीको भारतीय रुपईडिहा बजारमा ठुलो परिणामको लागु औषध सहित एकजना नेपाली पक्राउ परेका छन् । करिब ६५ लाख रुपैयाँ बराबरको लागुऔषधिसहित सागर नाम गरेका एक नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

रुपाईडिहा थानाका अनुसार मंगलवार १ बजे स्टेशन रोड रुपईडिहाबाट ६५ लाख नेपाली रुपैयाँ बराबरको १३२ ग्राम स्मेकसहित नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ बसुदेवपुरका सागर भन्ने व्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

भारतीय जिल्ला बहराईचले सञ्चालन गरेको अपराध एवं अपराधी रोकथाम अभियानअन्गर्तत मंगलवार राती गस्तीमा रहेको टोलीले स्मेकसहित सागरलाई पक्राउ गरेको रुपैडिहा थानाले जानकारी दिएको छ ।

रुपईडिहा थानाका प्रभारी निरीक्षक श्रीधर पाठकको नेतृत्वमा वरिष्ठ उपनिरीक्षक रुदल बहादुर सिंहसहितको गस्ती टोलीले रेलवे मालगोदाम रोडबाट शंका लागेर जाँच गर्दा सागरको पेटबाट उक्त स्मेक फेला पारेको जनाइएको छ ।

पक्राउ परेका सागरले दिएको बयानका आधारमा संलग्न अन्य व्यक्तिको पनि नाम र ठेगानको भारतीय प्रहरीले पहिचान गरेको छ । सागरविरुद्ध रुपईडिहा थानामा मुद्दा दर्ता गरी बुधवार जिल्ला अदालत बहराईच पठाइएको बताइएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ६ : ११ बजे

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

एनपीएल एलिमिनेटरमा काठमाडौं पराजित, लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बुधबार सम्पन्न

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय