२६ असार २०८३, शुक्रबार | July 10, 2026

सिमाबाट क्वारेन्टाइनसम्म नेपाली ओसार्ने बस चालकसम्म पुग्यो कोरोना भाइरस



कैलाली । सिमाबाट उद्दार गरिएका नेपाली ओसारपसार गर्न यातायात प्रयोग गरिएपनि स्थानीय प्रशासनले यातायात साधनमा सेवा दिने यातायात मजदुरको स्वास्थ्यमा लापर्वाही गर्दा १ जना बस चालकलाई कोरोना संक्रमण पुष्टी भएको छ । कन्चनपुरको गड्डा चौकीबाट बिभिन्न क्यारेन्टाइनसम्म प्रयोग गरिएको बस चालकलाई कोरोना पुष्टी भएको हो ।

स्वास प्रस्वासमा समस्या देखिएपछि धनगढीको नवजीवन अस्पतालको आइसीयुमा उपचार गराइरहेका यातायात ब्यवसाय समेत रहेका पुरुषमा कोरोना पुष्टि भएको छ। कैलालीकै गोदावरी नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय पुरुषमा शनिवार राति ११ बजे कोरोना पुष्टि भएको हो। उनी सार्वजनिक यातायात प्रा.लिका सदस्य समेत रहेको बताईएको छ ।

सास फेर्न कठिन भएपछि उनको उपचारमा भेन्टिलेटर प्रयोग गरिएको छ। कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल आएकालाई क्वारेन्टाइनसम्म ओसार्ने काममा सक्रिय उनी विगत दुई दिनदेखि नवजीवन अस्पतालको आइसीयूमा उपचार गराइरहेका थिए।

उनमा कोरोना पुष्टि भएपछि सम्पर्कमा आएका नवजीवन अस्पतालको आइसीयूमा कार्यरत सबै स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखेर आईसीयू कक्ष शिल गरिएको छ । सङ्क्रमण पुष्टि भएका पुरुषलाई राति नै सेती प्रादेशिक अस्पतालको आइसियुमा सारिएको नवजिवन अस्पतालले जनाएको छ ।

उनको सेतीको कोरोना अस्पतालको आइसियुमा उपचार थालिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ६ : ११ बजे

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म ओरालो लागेको सुनको मूल्यमा

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयको खर्च कति ?

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

गणेश नेपालीको अवस्था चिन्ताजनक, जुनसुकै बेला थप बिग्रन सक्छ : वीर अस्पताल

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका

जनतालाई डर वा भ्रममा राखेर सुशासन र समृद्धि हासिल हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले