२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

लनटेनिस संघले पायो पूर्णता, उपाध्यक्षमा राम बहादुर बिक



बुटवल । रुपन्देही लनटेनिस संघले पुर्णता पाएको छ । दोस्रो साधारण सभा तथा अधिवेशन लगतै बसेको पहिलो पुर्ण बैठकले एक उपाध्यक्ष, दुई सदस्य र ३ सल्लाहकार मनोनित गरेसंगै पुर्णता पाएको हो ।

संघको उपाध्यक्षमा राम बहादुर बिक, सदस्यहरुमा अस्वी थापा र शेषमणी चौधरी तथा सल्लाहकारहरु मनोज कुमार बस्नेत, अर्जुन गुरुङ, अब्दुल सहमतलाई मनोनित गरिएका संघका अध्यक्ष गोपाल प्रसाद ज्ञवालीले बताए । बैठकबाट वार्षिक कार्ययोजना अनुसार फागुनमा नियमित राष्ट्रिय लन टेनिस प्रतियोगिता गर्ने निर्णय भएको अध्यक्ष ज्ञवालीले बताए ।

गत शनिबार सम्पन्न संघको दोस्रो साधारण सभा तथा अधिवेशनबाट गोपाल प्रसाद ज्ञवालीको अध्यक्षतामा आठ सदस्यीय नयाँ नेतृत्व निर्वाचन भएको थियो । जसको उपाध्यक्षमा डा मनोज ढुगाना, सचिव सबिर मिया, कोषाध्यक्ष विष्णु प्रसाद चापागाईं, सदस्यहरुमा मनोज नेपाल, डा टिकाराम घिमिरे, लक्ष्मी पौडेल अर्याल, सोम राना सर्वसम्मत चयन भएका थिए ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ९ : ३० बजे

घनश्याम भुसाल देखाए एकीकृत समाजवादीका १२ चुनौती

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी केन्द्रीय

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक

काठमाडौं । प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा पस्मिना निर्यात

संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा

काठमाडौं । संसदमा देखिएको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरुले

एमाले संसदीय दलको बैठक नीति तथा कार्यक्रममा केन्द्रित

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई आज सत्तारुढ