२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बेलहिया नाका : जेठ महिनामा १८ हजार नेपाली स्वदेश फर्किए, २३ हजार भारतीय घर गए



बुटवल । भारतबाट घर फर्किर्ने नेपाली नागिरकको संख्या निरन्तर बढिरहेको छ । सरकारले खुला गरेका २० नाकाबाट दैनिक सयौं नागरिक स्वदेश फर्किरहेका छन् ।

कोरोना भाइरसको महामारीबाट नराम्रोसँग थलिएको भारतमा रहेका नागरिकहरु भित्रिएसँगै नेपालमा पनि कोरोना संक्रमण दिनदिनै बढिरहेको छ ।

रुपन्देहीको बेलहिया नाकाबाट मात्रै जेठ महिनामा १८ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । इलाका प्रहरी कार्यालय बेलहियासँग जेठ ३२ गतेसम्मको तथ्याङ्क अनुसार बेलहिया नाकाहुँदै १८ हजार ४९१ जना नेपाली नेपाल भित्रिएका छन् । आइतबार मात्रै ६७६ जना नेपाली नेपाल भित्रिएका छन् ।

बेलहिया नाकाबाट भित्रिएका अधिकांश नागरिक बागलुङ, कास्की, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, नवलपरासी, कपिलवस्तुका रहेका छन् ।

नेपाल आएका सबैलाई उनीहरुको सम्बन्धित जिल्लाको पालिकासँग समन्वय गरेर गन्तव्यमा पठाइने गरिएको छ । जिल्ला पुग्ने वित्तिै उनीहरु तोकिएको क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको छ ।

त्यसो त, नेपाली नागरिक मात्रै घर फर्किएका छैनन् । नेपालमा रहेका भारतीय नागरिक पनि आफ्नो देश फर्किका छन् ।

बेलहियाबाट जेठमा २३ हजार ६४२ जना भारतीय नागरिक भारत गएका छन् । आइतबार मात्रै ६११ जना भारतीय नागरिक भारत प्रवेश गरेको इलाका प्रहरी कार्यालय, बेलहियाले जानकारी दिएको छ ।

कोरोना भाइरसको महामारीका कारण भारतमा कामविहीन बनेपछि नेपाली नागरिक घर फर्कने क्रम सुरु भएको थियो । भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका नेपाली नागरिक अहिले भारतीय रेल तथा सार्वजनिक बस चढेर सुनौली नाकासम्म आउने छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ८ : ०९ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले