४ पुस २०८२, शुक्रबार | December 19, 2025

पोखरामा ‘ल्याण्डफिल साइट’ पुर्न सुरु



पोखरा । पोखरा महानगरपालिकाले पोखरा-१४ बाच्छेबढुवामा रहेको ‘ल्याण्डफिल साइट’मा फोहरमैला फाल्न आजदेखि बन्द गरेको छ ।

अङ्ग्रेजी नयाँ वर्ष अर्थात् आगामी पुस १७ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि महानगरले विमानस्थल नजिकै रहेको ल्याण्डफिल साइटमा फोहरमैला लैजान बन्द गरेको हो । अहिले ल्याण्डफिल साइट पुर्ने काम सुरु भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि एयरपोर्ट नजिकैको सो ल्याण्डफिल साइट मुख्य बाधक बनेको थियो ।

ल्याण्डफिल साइटका कारण विमानस्थल सञ्चालनमा ढिलाइ भएपछि महानगरले लामो समयदेखि फोहरमैला व्यवस्थापनका लागि वैकल्पिक स्थानको खोजी गरे पनि सफल हुनसकेको छैन ।

विमानस्थलको अर्को अवरोधका रुपमा रहेको रिठेपानीडाँडा कटानको कामसमेत अहिले भइरहेको छ । सोही डाँडा कटानको माटो ल्याएर अहिले ल्याडफिल साइट पुर्न सुरु गरिएको हो ।

महानगरले ल्याण्डफिल साइटमा फोहर लैजान बन्द गरेर त्यसलाई पुर्न सुरु गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार महानगरको फोहरमैला व्यवस्थापनका लागि तत्कालका लागि वडामानै अल्पकालीन व्यवस्था मिलाइएको छ ।

“ल्याण्डफिल्ड साइटमा आजदेखि फोहर फालिने छैन । तत्कालका लागि फोहर व्यवस्थापनका गर्न महानगरका विभिन्न वडामा अल्पकालीन व्यवस्था मिलाइएको छ”, प्रमुख आचार्यले भने, “फोहरमैला व्यवस्थानका लागि केही ठाउँ हेरिएको छ भने त्यसपछि प्रशोधन केन्द्रसहितको व्यवस्थित ल्याण्डफिल साइट निर्माण गरिनेछ ।”

प्रशोधन केन्द्र स्थापनाका लागि हाल विभिन्न विकल्पमा छलफल भइरहेको महानगरले जनाएको छ । महानगरले छिमेकीमूलुक भारतसहित देशभित्रका विभिन्न स्थानमा पुगेर फोहर व्यवस्थापनका उपायका बारेमा जानकारी लिएको थियो ।

लामो समयदेखि विमानस्थल सञ्चालनका अवरोधका रुपमा रहेका रिठ्ठेपानीडाँडा कटान र ल्याण्डफिल साइट हटाउने काम भएपछि तोकिएकै मितिमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने विश्वास गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका प्रवक्ता अनुप जोशीले विमानस्थल सञ्चालनका लागि आवश्यक काम भइरहेको जानकारी दिए । उनले ४० मिटर अग्लो रिठ्ठेपानीडाँडा १४ मिटर काटिसकिएको र बाँकी अवधिमा सबै काम सम्पन्न हुने र ल्याण्डफिल साइट हटेसँगै उडानमा थप सुनिश्चितता भएको बताए ।

पोखरा विमानस्थल चिनियाँ कम्पनी सिएएमसिईले निर्माण गरेको हो । यसअघि गतवर्ष चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेलमा विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो ।

चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विमानस्थलका लागि विसं २०३२ मा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि निर्माण सुरु भएको थियो । विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकोमा विसं २०७४ देखि निर्माणकार्य सुरु भएको हो ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ३ : २८ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म