२ मंसिर २०८३, बुधबार | November 18, 2026

एनपीएल इलिमिनेटरमा चितवनले टस जित्यो, काठमाडौंलाई पहिले बलिङको निम्तो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बुधबार भइरहेको इलिमिनेटर खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको टसमा चितवनका कप्तान रवि बोपाराले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । उनले काठमाडौंलाई बलिङको निम्तो दिएका छन् ।

आजको खेलमा दुवै टोली जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रिएका छन् । पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

लिग चरणमा तेस्रो स्थान हासिल गरेको काठमाडौंले सात खेलबाट चार जित र तीन हारसहित आठ अंक जोडेको थियो । त्यस्तै, चितवनले सात खेलबाट तीन जित र तीन हार बेहोर्दै सात अंक जोडेको थियो । वर्षाका कारण एक खेल रद्द भएपछि चितवनले अंक बाँडेको थियो । चितवन लिग चरणको अंकतालिकामा चौथो स्थानमा रहँदै इलिमिनेटरमा पुगेको हो ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ४ : ४२ बजे

Your email address will not be published.

एनपीएल इलिमिनेटरमा चितवनले टस जित्यो, काठमाडौंलाई पहिले बलिङको निम्तो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बुधबार

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

काभ्रेपलाञ्चोक । १५५ थान मोबाइल र ४९ कम्प्युटर (ल्यापटप)को जिल्ला

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारी निर्णय बदर

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग