१ भदौ २०८३, सोमबार | August 18, 2026

देशभरका वडा कार्यालयलाई पञ्चीकरण विभागको पत्र- दलित थर परिवर्तन गरिदिनू (पत्रसहित)



काठमाडौं । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा फजीकरण विभागले दलित थर परिवर्तन गरी दलित जातिभित्रको थर कायम गर्न निवेदन परेमा सोहीअनुसार गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

देशभरका  ६ हजार ७४३ वडा कार्यालयलाई पत्राचार गर्दै विभागले राष्ट्रिय दलित आयोगद्वारा प्रकाशित दलित जातीय अनुसूची विवरणमा उल्लेख भएकमा सम्बन्धित् दलित जातीभित्रको थरहरु मध्येबाट निवेदकले चाहेको थर राखी जन्म दर्तामा थर परिवर्तन गरी प्रतिलिपि जारी गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयलाई जानकारी दिँदै देशभरका सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालयलाई बोधार्थ/कार्यार्थमा राख्दै विभागले दिइएको तीन बुँदे निर्देशन दिएको हो ।

निर्देशनसहितको पत्र 

विषय : दलित थर परिवर्तन गर्ने सम्बन्धमा

श्री स्थानीय पञ्जिकाधिकारी सबै (६७४३ वडा)

प्रस्तुत विषयमा दलित नागरिकहरुको थर परिवर्तनको विषयमा विभिन्न पालिका तथा वडा कार्यालयहरुबाट स्पष्ट पारिदिन अनुरोध भई आएकोमा सो सम्बन्धमा देहाय बमोजिम गर्नु गराउनु हुन् यस विभागको मिति २०७९/०९/०३ गतेको निर्णयानुसार अनुरोध छ ।
निम्न :

१. १६ वर्षभन्दा मुनिका दलित बालबालिकाको दलित जातीय थर प्रयोग गरी जन्म दर्ता भएकोमा सो परिवर्तन गरिदिन सूचक वस्न योग्य सम्बन्धित व्यक्तिवाट निवेदन प्राप्त भएमा राष्ट्रिय दलित आयोगद्वारा प्रकाशित दलित जातीय अनुसूची विवरणमा उल्लेख भएमा सम्बन्धित दलित जातीभित्रको थरहरु मध्येवाट निवेदकले चाहेको थर राखी जन्म दर्तामा थर परिवर्तन गरी प्रतिलिपि जारी गर्ने ।

२. उल्लिखित अनुसारका बालबालिकाको थर परिवर्तनका साथै निजको बुवा, आमा वा सूचकको पनि थर परिवर्तन गरिदिन निवेदन प्राप्त भएमा बुवा, आमा वा सूचकको नागरिकता प्रमाणपत्रमा थर संशोधन भएको प्रमाण राखेर मात्रै थर परिवर्तन गरिदिने ।

३. १६ वर्षभन्दा माथीका व्यक्तिको घटना दर्ता प्रमाणपत्रमा थर परिवर्तन गरिदिन आधिकारीक व्यक्तिबाट निवेदन प्राप्त भएमा नागरिकता प्रमाणपत्रमा संशोधन भएको थर अनुसार थर परिवर्तन गरी प्रतिलिपि जारी गर्ने ।

समीर भण्डारी (शाखा अधिकृत)

 

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  २ : ३८ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार