५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बागलुङको ८०० स्वाब पोखरामा, स्वाव रिपोर्ट नआउँदा क्वारेन्टिन भरिन थाले



बागलुङ । बागलुङका १० स्थानीय तहका विभिन्न क्वारेन्टिनमा भारतबाट आएका एक हजार ७०० बढी छन् । उनीहरुलाई स्थानीय तहले खानपान र व्यवस्थापन गरेर राखेको छ ।

अहिले स्वास्थ्य कार्यालय र धौलागिरि अस्पतालका साथै ढोरपाटन नगरपालिका र बरेङ गाउँपालिकाले आफै भिटिएम खरिद गरेर स्वाब सङ्कलन गरिरहेको छ । यद्यपि पोखरामा पिसिआर रिपोर्टमा ढिलाइ हुँदा क्वारेन्टिनमा बसेका थप जोखिम र सकसमा छन् भने स्थानीय सरकारले खानपान र व्यवस्थापन थेग्न पनि कठिनाई भएको गुनासो गरेका छन् ।

पोखरामा स्वाब परीक्षणका लागि पठाए पनि रिपोर्ट आउन ढिलाइ भएको स्वास्थ्य कार्यालयका प्रमखु सुरज गुरौँंले जानकारी दिएका छन् । “हामीले स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाएका ८०० बढीको रिपोर्ट आउन बाँकी छ” गुरौले भने, “लामो समय क्वारेन्टिनमा हुँदा हामीलाई पनि थुप्रै गुनासा र समस्या आएका छन्, अब पिसिआर पठाएका बाहेक अरुलाई १४ दिन पुगेको र लक्षण नदेखिएको हकमा आरडिटी गरेर घर पठाइरहेका छौं ।”

गुरौका अनुसार, अझै ४०० बढीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न नै बाँकी छ । पोखरा पिसिआरका लागि स्वाब पठाएकाहरुको हकमा भने १४ दिन पुगिसके पनि रिपोर्ट नआउँदै घर पठाउने कि नपठाउने भन्ने अन्यौल छ ।

यसका लागि छलफल चलिरहेको र चाडै निर्णयमा पुगिने गुरौले जानकारी दिए । अहिले जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या ४० पुगेको छ । जसमा सुरुवाती दुई र पछिल्लो साता ६ जना गरेर ८ जना घर फर्किएका छन् ।

बाँकी धौलागिरि अस्पताल, धौलागिरि क्याम्पस र बूर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेन र प्रि आइसोलेसनमा उपचाररत छन् । रिपोर्ट ढिलो आउँदा सङ्क्रमण बढ्ने सम्भावना रहेको स्वास्थ्यकर्मी बताउछन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ३ : २९ बजे

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको