३ पुस २०८२, बिहिबार | December 18, 2025

विवेकसम्मत निर्णय गर्न गगन थापाको अपिल



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं संसदीय दलको नेताका उम्मेदवार गगन थापाले दलको निर्वाचनले देश, जनता र कांग्रेसको भविष्य दिशानिर्देश गर्ने बताएका छन् ।

दलको नेताका लागि मतदान हुनु केही अघि सामाजिक सञ्जालमा अपिल जारी गर्दै थापाले आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमान्दारितापूर्वक आत्मसात गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको लागि कांग्रेसका नेताहरू तथा सांसदलाई विवेकसम्मत निर्णय गर्न उनले अपिल गरेका हुन् ।

थापाले वर्तमान राजनीतिक अन्यौलता र आर्थिक संकटको घडीमा राजनीतिक स्थायित्व सुनिश्चित गर्दै असल शासन र व्यापक आर्थिक सुधारको जगमा समुन्नति र विकास नै अबको राष्ट्रिय एजेण्डा रहेको बताएका छन् ।

‘लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्नु भएका अग्रज नेताहरूको उच्च सम्मान गर्दै यहाँहरुबाट मार्गनिर्देनको अपेक्षा गर्दछु  पार्टीका श्रद्धेय नेताहरू तथा सम्पूर्ण माननीय सांसदज्यूहरूले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर छातीमा हात राखि युगानुकुल निर्णय गरी संसदीय दलको नेतामा मलाई मतदान गर्नुहुन विनम्रतापूर्वक अनुरोध गर्दछु, थापाले भनेका छन् ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : २३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका