२ भदौ २०८३, मंगलबार | August 19, 2026

अझै सुरु भएन कांग्रेस संसदीय दलको नेताका लागि मतदान, मोबाइल लैजान पाउने कि नपाउने विषयमा विवाद



काठमाडौं । निर्धारित समयभन्दा आधा घन्टा ढिलो भइसक्दा पनि नेपाली कांग्रेस संसदीय दलको नेताका लागि अझै मतदान सुरु हुन सकेको छैन ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ देखि १० बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो ।

तर, मतदान केन्द्रमा मतदातालाई मोबाइल लैजान दिने कि नदिने विषयमा निर्वाचन समितिमा रहेका संस्थापन र इतर समूहबीच सहमति नजुट्दा मतदान हुन नसकेको हो ।

निर्वाचन समितिमा रहेका संस्थापन पक्षले बुथमा मोबाइल लैजान दिनुपर्ने बताएको छ भने इतर समूहले लैजान नहुने बताएको छ ।

निर्वाचन समितिका सदस्य प्रकाश रसाइलीले मतदातालाई बुथमा मोबाइल लैजान दिन नहुने बताए ।

संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।
निर्वाचन समितिमा भीष्मराज आङ्देम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली सदस्य छन् ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : ५३ बजे

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का

कांग्रेस १५औँ महाधिवेशन : वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यु नियन्त्रण गर्नुहोस् : वर्षमान पुन

काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति