१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नगरपालिका संघको अध्यक्षमा धादिङका ढुंगाना निर्वाचित, तिलोत्तमामा नगर प्रमुख खाँणले पाए केन्द्रिय सदस्य



बुटवल । नेपाल नगरपालिका संघ आठौं राष्ट्रिय सम्मेलनबाट धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

काठमाडौमा भएको आठौं राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत निवाचित ४३ सदस्यीय कार्यसमितिको अध्यक्षमा ढुंगाना अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण संघको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

संघको उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटा, महासचिवमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपमहासचिवमा काठमाडौ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, कोषाध्यक्षमा हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख बिमला राई र सह कोषाध्यक्षमा हेटौंडा उपमहानगरकाकी प्रमुख मिनाकुमारी लामा निर्वाचित भएका छन् ।

स्थानीय तहको निर्वाचन भएपछि पालिकामा जित हासिल गरेको पार्टीको संख्या अनुसार संघको भागवण्डा भएको हो । देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ९ : १६ बजे

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो